Trending
flash विजयनगरबाट ८५ हजारका कुखुरा, मासु र मोटरसाइकल बरामद flash विजयनगरमा ‘एक घर, एक पठन कुना’ अभियान   flash जनज्योति माविमा २ कोठे भवन शिलान्यास flash जनज्योति माविमा २ कोठे भवन शिलान्यास flash विजयनगर- १ गाेबरहवाका महिलालाई उद्यमशीलता विकास तालिम flash शिव माविमा ४ कोठे भवन शिलान्याससहित प्रविधिमैत्री सेवा उद्घाटन flash विजयनगरमा अपाङ्ग पहुँचयुक्त भौतिक संरचना तथा सञ्चार निर्देशिका सम्बन्धी अन्तरक्रिया flash विजयनगरमा महिला लघुवित्तद्वारा कार्यशाला तथा वित्तीय साक्षरता तालिम flash जलवायु नमुना कार्यक्रम अन्तर्गत योजना छनोटका लागि स्थलगत निरीक्षण flash बालापुरमा रक्तदान शिविर सम्पन्न, ३५ पिन्ट रगत संकलन

साढे ४१ लाख रुपैयाँसहित भारतीय हुण्डी कारोबारी पक्राउ

पर्सा : ठूलो परिणामको हुण्डी रकमसहित भारतीय नागरिक पक्राउ परेका छन्। भारतको बिहारस्थित पूर्वी चम्पारण थाना रक्सौल वडा नम्बर ११ बस्ने राकेश कुमार बुधबार पक्राउ परेका हुन्। 

भारतीय नम्बरको बीआर ०५ एन ०२३८ को हिरो होण्डा ग्ल्यामर मोटरसाइकलको सिटमुनि र तेल ट्यांकीभित्र लुकाएर ल्याउँदै गरेको अवस्थामा ४१ लख ५५ हजार नगद सहित उनी पक्राउ परेका हुन्।

पर्साका प्रहरी नायब उपरीक्षक प्रल्हाद कार्कीले उनलाई पर्साको वीरगञ्ज महानगरपालिका वडा नम्बर १६ रजतजयन्ती चोकबाट पक्राउ गरेको बताए।

स्रोत नखुलेको उक्त परिणामको नगदसहित पक्राउ परेका भारतीय नागरिक राकेशलाई बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन २०७३ विरुद्धको कसुरमा थप अनुसन्धान अघि बढाएको प्रहरी कार्कीले जानकारी दिए। 

गएको आर्थिक वर्ष पर्सामा एक करोड ६५ लाख १३ लाख ६२० रुपैयाँसहित २२ हुण्डी कारोबारी पक्राउ परेको पर्सा प्रहरी कार्यालयले जनाएको छ। 

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP