Trending
flash विजयनगरबाट ८५ हजारका कुखुरा, मासु र मोटरसाइकल बरामद flash विजयनगरमा ‘एक घर, एक पठन कुना’ अभियान   flash जनज्योति माविमा २ कोठे भवन शिलान्यास flash जनज्योति माविमा २ कोठे भवन शिलान्यास flash विजयनगर- १ गाेबरहवाका महिलालाई उद्यमशीलता विकास तालिम flash शिव माविमा ४ कोठे भवन शिलान्याससहित प्रविधिमैत्री सेवा उद्घाटन flash विजयनगरमा अपाङ्ग पहुँचयुक्त भौतिक संरचना तथा सञ्चार निर्देशिका सम्बन्धी अन्तरक्रिया flash विजयनगरमा महिला लघुवित्तद्वारा कार्यशाला तथा वित्तीय साक्षरता तालिम flash जलवायु नमुना कार्यक्रम अन्तर्गत योजना छनोटका लागि स्थलगत निरीक्षण flash बालापुरमा रक्तदान शिविर सम्पन्न, ३५ पिन्ट रगत संकलन

राहदानी छिटो बनाइदिने भन्दै ठगी गर्ने ५ जना वीरगञ्जबाट पक्राउ

काठमाडौं : राहदानी बनाइदिने भन्दै ठगी गर्ने ५ जनालाई जिल्ला प्रहरी कार्यालय पर्साले पक्राउ गरेको छ।

पक्राउ पर्नेहरूमा वीरगञ्ज महानगरपालिका-९ रानीघाटका २६ वर्षीय सदाम हुसेन, २४ वर्षका कुन्दन यादव, ३० वर्षका प्रदीप साह, वडा नम्बर २४ का २२ वर्षीय सञ्जित गुप्ता र वडा नम्बर १० का ३८ वर्षीय फैयाज आलम रहेका पर्साका प्रहरी नायब उपरीक्षक प्रह्लाद कार्कीले जानकारी दिए। 

उनीहरूले जिल्ला प्रशासन कार्यालय वीरगञ्जको गेटमा फोटो स्टुडियो सञ्चालन गरी राहदानी फारम भर्न २ सय रुपैयाँ र राहदानी १४ दिनभित्र मिलाइदिन्छु भनी पीडितबाट २५ सय रुपैयाँ लिएका हुन्। पीडित धोवनी गाउँपालिकाका २१ वर्षीय सागर आलमले राहदानीको विषयमा बुझ्दा राहदानी मगाउन भन्दै पुनः २५ सय रुपैयाँ माग गरेपछि उनले जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएका थिए।

उजुरीमाथि अनुसन्धान गर्दा ठगी गरेको खुल्न आएकाले विभिन्न फोटो स्टुडियो, मोबाइल पसल सञ्चालक तथा स्टुडियोका कामदारहरू पक्राउ परेका डिएसपी कार्कीले बताए। 

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP