Trending
flash राधा कोरीको निधनमा एमाले विजयनगरद्वारा शोक तथा श्रद्धाञ्जली flash शिवराज साझेदारी वन उपभोक्ता समूहको आठौँ साधारणसभा  flash बहादुरगञ्जमा भदौ २० गते निःशुल्क आँखा शिविर हुँदै flash बाढी पीडितको उद्धारमा जुट्याे विजयनगर, १० लाख बढी सहयोग गर्ने प्रतिबद्धता flash उपाध्यक्ष चौधरी र वडाध्यक्ष मुसलमानको रास्वपा सदस्यता गोपनीयता भंग भन्दै छानबिन गर्न सभापतिको माग flash विजयनगरका उपाध्यक्ष चौधरी, वडा अध्यक्ष मुसलमानले रोजे रास्वपा flash लागूऔषधसहित कपिलवस्तुमा ६ जना पक्राउ समाज खैरहनीमा बससँग ठोक्किँदा मोटरसाइकलमा सवार दुवै जनाको मृत्यु flash एमालेको जागरण अभियानमा जुटे विजयनगरका कार्यकर्ता flash शान्तिदीप आधारभूत विद्यालयमा व्यवस्थापन समिति गठन, अध्यक्षमा तिरथ काेरी

चोरी गरेका ६ वटा मोटरसाइकलसहित ३ युवा पक्राउ

दाङ : दाङमा प्रहरीले चोरिएका ६ वटा मोटरसाइकलसहित ३ जना युवालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा रोल्पा रुन्टीगढी गाउँपालिका-९ घर भइ हाल घोराही उपमहानगरपालिका-१४ बस्ने ३० वर्षीय भानुभक्त बाँठा, तुलसीपुर उपमहानगरपालिका-१९ घर भइ हाल घोराही उपमहानगरपालिका-११ बस्ने २१ वर्षीय मदन पुन र तुलसीपुर उपमहानगरपालिका-१८ बस्ने १८ वर्षीय बादल नेपाली रहेको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ।

जिल्ला प्रहरी कार्यालय दाङले शुक्रबार पत्रकार सम्मेलन गरेर चोरीमा संलग्न व्यक्ति र बरामद भएको मोटरसाइकल सार्वजनिक गरेको हो। जिल्ला प्रहरी कार्यालय दाङका प्रवक्ता एवं डिएसपी मुकुन्दप्रसाद रिजालका अनुसार जिल्लाका विभिन्न स्थानहरूबाट विभिन्न मितिमा परिचय नखुलेका व्यक्तिहरूले मोटरसाइकल चोरी गरेको भन्ने उजुरी आएपछि प्रहरीले मोटरसाइकल र चोरी गर्ने व्यक्तिहरूलाई खोजतलास गर्न विशेष अप्रेसन टोली  गठन गरेको थियो।

गठन भएको प्रहरी टोलीले खोजतलास गर्दा चोरी भएका मोटरसाइकल र चोर्ने व्यक्तिहरू पक्राउ परेको प्रवक्ता रिजालले जानकारी दिए। उनका अनुसार उनीहरूले लु ३७ प ८३४३ नम्बरको १२५ सिसीको पल्सर मोटरसाइकल, रा ६ प ४१५४ नम्बरको १५० सिसीको पल्सर मोटरसाइकल, रा २ प ९३४४ नम्बरको २२० सिसीको पल्सर मोटरसाइकल, लु ६० प ३४९१ नम्बरको यामाहा कम्पनीको एफजेडएस मोटरसाइकल र रा ६ प ४३०१ नम्बरको बजाज  कम्पनीको एनएस २०० सिसीको मोटरसाइकल चोरी गरेका र प्रहरीले बरामद गरिएको हो।

पक्राउ परेकामाथि मुलुकी फौजदारी कार्यविधि (संहिता) २०७४ को परिच्छेद २० को दफा २४१ को उपदफा १ ले परिभाषित गरेको कसुरमा सोही परिच्छेदको दफा २४२ को उपदफा २ बमोजिम ३ वर्षसम्म कैद र ३० हजार रूपैयाँसम्म जरिवाना हुने व्यवस्था रहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP