Trending
flash विजयनगरबाट ८५ हजारका कुखुरा, मासु र मोटरसाइकल बरामद flash विजयनगरमा ‘एक घर, एक पठन कुना’ अभियान   flash जनज्योति माविमा २ कोठे भवन शिलान्यास flash जनज्योति माविमा २ कोठे भवन शिलान्यास flash विजयनगर- १ गाेबरहवाका महिलालाई उद्यमशीलता विकास तालिम flash शिव माविमा ४ कोठे भवन शिलान्याससहित प्रविधिमैत्री सेवा उद्घाटन flash विजयनगरमा अपाङ्ग पहुँचयुक्त भौतिक संरचना तथा सञ्चार निर्देशिका सम्बन्धी अन्तरक्रिया flash विजयनगरमा महिला लघुवित्तद्वारा कार्यशाला तथा वित्तीय साक्षरता तालिम flash जलवायु नमुना कार्यक्रम अन्तर्गत योजना छनोटका लागि स्थलगत निरीक्षण flash बालापुरमा रक्तदान शिविर सम्पन्न, ३५ पिन्ट रगत संकलन

सगरमाथा क्षेत्रमा पक्षीलाई पासाे थाप्ने एक व्यक्ति पक्राउ

सोलुखुम्बु – सगरमाथा राष्ट्रिय निकुञ्ज क्षेत्रबाट सात थान पासोसहित एक व्यक्ति पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा सोलुखुम्बुको महाकुलुङ गाउँपालिका-४ गुदेलका ५८ वर्षीय जितबहादुर राई रहेका निकुञ्ज कार्यालय नाम्चेले जनाएको छ ।

खुम्बु पासाङ ल्हामु गाउँपालिका-५ फोर्चेमा रहेकाे बारीमा पक्षीलाई थापिएको पासोसहित राईलाई पक्राउ गरिएको कार्यालयका सूचना अधिकारी विष्णु रोकायले जानकारी दिनुभयो । पक्राउ परेका राईलाई निकुञ्जको सुधार गृहमा राखेर अनुसन्धान सुरु गरिएकाे छ ।

२०३२ सालमा स्थापना भएको निकुञ्ज १ हजार १ सय ४८ वर्ग किमी क्षेत्रफलमा फैलिएको छ । सन् १९७९ देखि निकुञ्ज विश्व सम्पदा सूचीमा सूचीकृत भएको हो । यहाँ कस्तुरी मृग, हिमाली भालु, हिउँ चितुवा, थार, घोरल, झारलजस्ता वन्यजन्तुका साथै डाँफे, चिलिमे, कालीज, हिम कुखुरा, लालचुच्चे काग (टुङ्गा) र पहेँलो चुच्चे काग (टेमु ) लगायत १ सय ९३ प्रजातिका चरा पाइन्छन् । 

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP