Trending
flash विजयनगरबाट ८५ हजारका कुखुरा, मासु र मोटरसाइकल बरामद flash विजयनगरमा ‘एक घर, एक पठन कुना’ अभियान   flash जनज्योति माविमा २ कोठे भवन शिलान्यास flash जनज्योति माविमा २ कोठे भवन शिलान्यास flash विजयनगर- १ गाेबरहवाका महिलालाई उद्यमशीलता विकास तालिम flash शिव माविमा ४ कोठे भवन शिलान्याससहित प्रविधिमैत्री सेवा उद्घाटन flash विजयनगरमा अपाङ्ग पहुँचयुक्त भौतिक संरचना तथा सञ्चार निर्देशिका सम्बन्धी अन्तरक्रिया flash विजयनगरमा महिला लघुवित्तद्वारा कार्यशाला तथा वित्तीय साक्षरता तालिम flash जलवायु नमुना कार्यक्रम अन्तर्गत योजना छनोटका लागि स्थलगत निरीक्षण flash बालापुरमा रक्तदान शिविर सम्पन्न, ३५ पिन्ट रगत संकलन

बाँकेको हिरासतमा रहेकी महिलालाई असईले बलात्कार गरेको आरोप

काठमाडौं : बाँकेको कोहलपुरस्थित हिरासतमा रहेकी एक महिलामाथि प्रहरीले नै बलात्कार गरेको आरोप लागेको छ।

बहुविवाहको मुद्दामा इलाका प्रहरी कार्यालय कोहलपुरको हिरासतमा रहेकी महिलालाई मुद्दा शाखाका प्रहरी सहायक निरीक्षक प्रविण चौलागाइले बलात्कार गरेको आरोप लागेको हो।

बलात्कारको आरोप लागेपछि चौलागाईलाई नियन्त्रणमा लिइएको बाँकेका डिएसपी मधुसुदन न्यौपानेले जानकारी दिए। उनका अनुसार पीडित भनिएकी महिलाले पहिले बलात्कारको आरोप लगाएपछि अनुसन्धान भइरहेको छ।

पीडित महिलालाई परामर्शका लागि उनको आफन्त, महिला अधिकारकर्मी, मानव अधिकारकर्मीलाई दिउँसो ३ बजे बोलाइएको डिएसपी न्यौपानेले बताए। उनका आफन्त, मानव अधिकारकर्मीहरूसँग पीडितको बयानका आधारमा घटनाबारे थप अनुसन्धान अगाडि बढाइने उनको भनाइ छ।

गएराति (बिहीबार राति) पक्राउ परेकी महिलालाई प्रहरी सहायक निरीक्षक चौलागाईले मुद्दाबारे सोधपुछ गर्ने भन्दै हिरासतबाट निकालेर माथिल्लो कोठामा लगेर बलात्कार गरेको पीडित महिलाको दाबी छ। तर पीडित भनिएकी महिलाले शुरुमा आरोप लगाए पनि पछि फेरि बलात्कार भएको होइन भनेकी डिएसपी न्यौपानेले बताए।
 

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP