Trending
flash राधा कोरीको निधनमा एमाले विजयनगरद्वारा शोक तथा श्रद्धाञ्जली flash शिवराज साझेदारी वन उपभोक्ता समूहको आठौँ साधारणसभा  flash बहादुरगञ्जमा भदौ २० गते निःशुल्क आँखा शिविर हुँदै flash बाढी पीडितको उद्धारमा जुट्याे विजयनगर, १० लाख बढी सहयोग गर्ने प्रतिबद्धता flash उपाध्यक्ष चौधरी र वडाध्यक्ष मुसलमानको रास्वपा सदस्यता गोपनीयता भंग भन्दै छानबिन गर्न सभापतिको माग flash विजयनगरका उपाध्यक्ष चौधरी, वडा अध्यक्ष मुसलमानले रोजे रास्वपा flash लागूऔषधसहित कपिलवस्तुमा ६ जना पक्राउ समाज खैरहनीमा बससँग ठोक्किँदा मोटरसाइकलमा सवार दुवै जनाको मृत्यु flash एमालेको जागरण अभियानमा जुटे विजयनगरका कार्यकर्ता flash शान्तिदीप आधारभूत विद्यालयमा व्यवस्थापन समिति गठन, अध्यक्षमा तिरथ काेरी

पत्नीमाथिको शंकाले परिवारै सखाप

काठमाडौं : एउटा उखान छ ‘शंकाले लंका जलाउँछ’। यो उखान ठ्याक्कै चरितार्थ भएको छ- राजधानी काठमाडौं नजिकको तारकेश्वर नगरपालिकाको काभ्रेस्थलीमा। पत्नीमाथि अत्यधिक शंका गर्दा  काभ्रेस्थली पदमसालको एक परिवारै सखाप भएको छ।

तारकेश्वर नगरपालिका-२ पदमसालका स्थानीय ४१ वर्षीय दिनेश पाण्डेको परिवारै सखाप भएको हो। पाण्डेको घरमा आज बिहान उनीसहित उनकी पत्नी ३९ वर्षकी सुनिता, १३ वर्षकी छोरी आशिका र ८ वर्षका छोरा आशिकको शव विभत्स अवस्थामा फेला परेका थिए।

सो घटना दिनेशले आफ्नी पत्नीमाथिको शंकाका कारण निम्तिएको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ।

प्रहरीका अनुसार बन्द कोठाभित्र उनीहरू सबैको शव भेटिएको थियो। छोरा र छोरीको शव ओछ्यानमा थियो भने बाबुआमाको भुइँमा लडेको अवस्थामा भेटिएको थियो। पत्नी र छोराछोरीको हत्यापछि दिनेशले आत्महत्या गरेका हुन्। छोराछोरीको टाउको तथा पेटका विभिन्न भागमा छुरा प्रहार भएको छ भने दिनेश स्वयंको पनि पेटमा छुरा तथा नाडी काटिएको अवस्थामा रहेको प्रहरीले जनाएको छ।

घटनास्थल नजिकै प्रहरीले ८ पाना लामो सुसाइड नोट फेला पारेको प्रहरीवृत्त बालाजुका इन्स्पेक्टर आशिश अधिकारीले जानकारी दिए। सुसाइड नोटमा दिनेशले आफू वैवाहिक जीवनबाट असन्तुष्ट रहेको खुलाएका छन्। साथै पत्नीले अन्य पुरुषसँग मेसेन्जरमा गरेको कुराकानीको स्क्रिनसटको प्रिन्टसमेत सुसाइड नोटमा उनले राखेका छन्। ​स्टिच गरिएको ती पेजहरूमा दिनेशले बिहे अघिदेखिकै कुराहरू लेखेका प्रहरीले जनाएको छ।

प्रहरीको प्रारम्भिक अनुसन्धानमा दिनेश पछिल्लो समय निकै तनावग्रस्त देखिएको पाइएको छ। उनले पत्नीलाई पछ्याउने तथा सधैँ चियोचर्चो गर्ने गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ।

पत्नीसँगको विवादकै कारण ३ पटकसम्म प्रहरी कार्यालयमा पुगेर मिलापत्र भएको तथ्यसमेत भेटिएको प्रहरीले जनाएको छ।

मृतक चारैजनाको शव केहीबेर अघिमात्र कानुनी प्रक्रिया पूरा गरेर उठाइएको छ। प्रहरी तथा शिक्षण अस्पताल महाराजगञ्जको फरेन्सिक टोलीले घटनास्थलमा आवश्यक अनुसन्धान सकेर शव उठाएको हो। चारैजनाको शवको शिक्षण अस्पताल महाराजगञ्जमा पोस्टमार्टम गरिनेछ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP