काभ्रे : जिल्लाको मण्डनदेउपुर नगरपालिकाले किसानलाई दूध बोक्ने क्यान वितरण गरेकाे छ। नगरपालिकाले ७० प्रतिशत अनुदानमा ४ हजार २ सय किसानलाई दूध बोक्ने क्यान वितरण गरेकाे हाे।
नगर प्रमुख टोकबहादुर वाईबाले मण्डनदेउपुरलाई कृषिमा आत्मनिर्भर बनाउन तथा दूधको गुणस्तरीयता बढाउने उद्देश्यसहित किसानलाई दूध बोक्ने क्यान वितरण गरिएको बताए।
उनले नगरपालिकामा किसानको हितका लागि सधैँ साथमा रहेको र अनुदानको सामग्रीसमेत किसानहरुकै करबाट खरिद गरी वितरण गरेको हुँदा यसलाई सही ढंगले प्रयोग गर्न आग्रह गरे।
प्रमुख प्रशासकीय अधिकृत डाक्टर लोकबहादुर लोप्चनले चालु आर्थिक वर्षका लागि नगरपालिकाले श्रम बैंक, बीउ बैंक र भूमि बैंक सञ्चालन गर्ने नीति लिएको जानकारी दिँदै आगामी दिनमा किसानलाई धेरै कुरामा सहज हुँदै जाने बताए।
नगरपालिकाका पशुपंक्षी शाखाका प्रमुख ध्रुव पराजुलीले ३२ लाख ७६ हजार रुपैयाँ लागतमा किसानलाई दूध क्यान वितरण गरिएको जानकारी दिए। उनका अनुसार नगरपालिकाभित्र रहेका कृषक समूह, दुग्ध उत्पादक कृषि सहकारी र बहुउद्देश्यीय सहकारी मार्फत किसानका लागि क्यान वितरण गरिएको हो।
यसअघि नगरपालिकाले किसानलाई गाई, पाडी र ट्याक्टर वितरण गरिसकेकाे छ।
राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…
प्रतिक्रिया