Trending
flash राधा कोरीको निधनमा एमाले विजयनगरद्वारा शोक तथा श्रद्धाञ्जली flash शिवराज साझेदारी वन उपभोक्ता समूहको आठौँ साधारणसभा  flash बहादुरगञ्जमा भदौ २० गते निःशुल्क आँखा शिविर हुँदै flash बाढी पीडितको उद्धारमा जुट्याे विजयनगर, १० लाख बढी सहयोग गर्ने प्रतिबद्धता flash उपाध्यक्ष चौधरी र वडाध्यक्ष मुसलमानको रास्वपा सदस्यता गोपनीयता भंग भन्दै छानबिन गर्न सभापतिको माग flash विजयनगरका उपाध्यक्ष चौधरी, वडा अध्यक्ष मुसलमानले रोजे रास्वपा flash लागूऔषधसहित कपिलवस्तुमा ६ जना पक्राउ समाज खैरहनीमा बससँग ठोक्किँदा मोटरसाइकलमा सवार दुवै जनाको मृत्यु flash एमालेको जागरण अभियानमा जुटे विजयनगरका कार्यकर्ता flash शान्तिदीप आधारभूत विद्यालयमा व्यवस्थापन समिति गठन, अध्यक्षमा तिरथ काेरी

हुम्लाको सडक निर्माणमा भ्रष्टाचार, निमित्त कार्यकारीसहित ४ जनालाई मुद्दा

काठमाडौं : सडक निर्माणका क्रममा साढे २१ लाख भ्रष्टाचार गरेको आरोपमा हुम्लाको अदानचुली गाउँपालिकाका निमित्त कार्यकारी अधिकृत टकदत्त प्याकुरेलसहित ४ जनाविरुद्ध मुद्दा दायर भएको छ। 

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले प्याकुरेलसहित इन्जिनियर मकरध्वज शाही र असिस्टेन्ट सब-इन्जिनियर विनोद थापा र ठेकेदार गणेश भण्डारीविरुद्ध आज विशेष अदालतमा मुद्दा दायर गरेको हो।

कर्मचारी र ठेकेदारको मिलेमतोमा अदानचुली वडा नम्बर १ स्थित थलाल्नादेखि कल्खेसम्म र वडा नम्बर ४ स्थित लौठीदेखि रिल्म हुँदै बिगोठीसम्मको सडक निर्माणमा सरकारलाई हानी नोक्सानी पुर्‍याइ भ्रष्टाचार गरेको अख्तियारका प्रवक्ता श्यामप्रसाद भण्डारीले जानकारी दिए।

कर्मचारीहरूलाई भ्रष्टाचार भएको रकम २१ लाख ४७ हजार ४९२ रूपैयाँ बिगो कायम गरी कैद र बिगोअनुसार जरिबानासहित बिगो असुल गर्न मागदाबी लिइएको प्रवक्ता भण्डारीले बताए। उनीहरूले वास्तविक फिल्डमा भएको कामभन्दा बढी, नभए नगरेको काम देखाइ बदनियतपूर्वक गलत नापी किताब, अन्तिम बिल र कार्य सम्पन्न प्रतिवेदन तयार गर्ने, पेश गर्ने र स्वीकृतिका लागि सिफारिश गरी भ्रष्टाचार गरेको अख्तियारको ठहर छ।

ठेकेदार भण्डारीले भने आफूले गैरकानूनी लाभ लिने र गाउँपालिकालाई हानी पुर्‍याउन वास्तविक कामभन्दा बढी भुक्तानी लिएकाले २१ लाख ४७ हजार ४९२ रूपैयाँ बिगो कायम गरी जफत हुन र कैद वा बिगोबमोजिम जरिवाना गर्न मागदाबी अख्तियारले लिएको छ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP