Trending
flash राधा कोरीको निधनमा एमाले विजयनगरद्वारा शोक तथा श्रद्धाञ्जली flash शिवराज साझेदारी वन उपभोक्ता समूहको आठौँ साधारणसभा  flash बहादुरगञ्जमा भदौ २० गते निःशुल्क आँखा शिविर हुँदै flash बाढी पीडितको उद्धारमा जुट्याे विजयनगर, १० लाख बढी सहयोग गर्ने प्रतिबद्धता flash उपाध्यक्ष चौधरी र वडाध्यक्ष मुसलमानको रास्वपा सदस्यता गोपनीयता भंग भन्दै छानबिन गर्न सभापतिको माग flash विजयनगरका उपाध्यक्ष चौधरी, वडा अध्यक्ष मुसलमानले रोजे रास्वपा flash लागूऔषधसहित कपिलवस्तुमा ६ जना पक्राउ समाज खैरहनीमा बससँग ठोक्किँदा मोटरसाइकलमा सवार दुवै जनाको मृत्यु flash एमालेको जागरण अभियानमा जुटे विजयनगरका कार्यकर्ता flash शान्तिदीप आधारभूत विद्यालयमा व्यवस्थापन समिति गठन, अध्यक्षमा तिरथ काेरी

नाबालिका छोरी मार्ने आमासहित एक पुरुष पक्राउ

वालिङ : छ महिने नाबालिका छोरीलाई ट्वाइलेटको खाल्डोमा फालेर मार्ने आमासहित एक पुरुष पक्राउ परेका छन्।

नाबालिका छोरीलाई खाल्डोमा फालेर मार्ने कार्यमा संलग्न स्याङ्जाको गल्याङ नगरपालिका–२ इलुङ्गा बस्ने २२ वर्षीया लक्ष्मी राना र पाल्पाको रामपुर नगरपालिका–१० कुमालगाउँ बस्ने २२ वर्षीय केदार कुमाल शुक्रबार पक्राउ परेको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रहरी नायब उपरीक्षक एवं प्रवक्ता रवीन्द्र खनालले जानकारी दिए।

रामपुर–१० का २२ वर्षीय कुमालसँग साउन १० गते रानाले घरमा कसैलाई नसोधी छ महिनाको छोरीसहित भागी विवाह गरेको निवेदन परिवारले प्रहरीमा दिएसँगै खोजी गर्ने क्रममा साउन २० गते शुक्रबार गल्याङ बजारबाट नियन्त्रणमा लिइएको प्रवक्ता खनालले बताए।

पक्राउ गरी अनुसन्धानका क्रममा रानाले छ महिनाको छोरीलाई १० गते राति १२ बजेको समयमा घरकै अस्थायी ट्वाइलेटको खाल्डोमा फालेको खुलेकाले खोजी गर्दा सडेगलेको अवस्थामा बच्चाको लास फेला परेको थियो।

प्रहरीले राना र कुमाल दुवैलाई नियन्त्रणमा लिई ज्यानसम्बन्धी कसुरमा म्याद थप गरी अनुसन्धान सुरु गरेको बताएको छ। 

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP