Trending
flash राधा कोरीको निधनमा एमाले विजयनगरद्वारा शोक तथा श्रद्धाञ्जली flash शिवराज साझेदारी वन उपभोक्ता समूहको आठौँ साधारणसभा  flash बहादुरगञ्जमा भदौ २० गते निःशुल्क आँखा शिविर हुँदै flash बाढी पीडितको उद्धारमा जुट्याे विजयनगर, १० लाख बढी सहयोग गर्ने प्रतिबद्धता flash उपाध्यक्ष चौधरी र वडाध्यक्ष मुसलमानको रास्वपा सदस्यता गोपनीयता भंग भन्दै छानबिन गर्न सभापतिको माग flash विजयनगरका उपाध्यक्ष चौधरी, वडा अध्यक्ष मुसलमानले रोजे रास्वपा flash लागूऔषधसहित कपिलवस्तुमा ६ जना पक्राउ समाज खैरहनीमा बससँग ठोक्किँदा मोटरसाइकलमा सवार दुवै जनाको मृत्यु flash एमालेको जागरण अभियानमा जुटे विजयनगरका कार्यकर्ता flash शान्तिदीप आधारभूत विद्यालयमा व्यवस्थापन समिति गठन, अध्यक्षमा तिरथ काेरी

विग्रदै गरेको गौतमबुद्ध नमूना विद्यालय

कपिलवस्तु, २५ साउन

बुद्धभूमी नगरपालिकाको गौतमबुद्ध मा.वि.मा अहिले २ माध्यमबाट अध्यापन भइरहेको छ । नेपाली र अंग्रेजी । अंग्रेजी माध्यममा अध्यापन हुने भएपछि अभिभावक हर्षित थिए । शिक्षाको गुणस्तर सुध्रने अपेक्षामा थिए । निजी विद्यालयबाट निकालेर सरकारीमा निःशुल्क अंग्रेजी शिक्षा दिन पाइन्छ भन्दै हौषिएका अभिभावक अहिले अन्यौलतामा छन् । शिक्षाको गुणस्तर झन खस्किएको छ । निजी विद्यालयको भन्दा शुल्क चर्को छ । विभिन्न बहानामा शुल्क असुल्न थालिएको छ । प्रअ तानाशाह जस्ता र व्यवस्थापन समिति रैती जस्ता निरिह बनेका छन् ।

विगत ३ बर्षको अवधिमा बुद्धभूमी नगरपालिकाको नमूना विद्यालयको रुपमा रहेको गौतमबुद्ध मा.वि. अहिले विभेद, अनियमितता र अराजकताको भूमरीमा फस्दै गएको छ । 

विद्यालयका प्रअ शिशिर प्रसाद अर्यालको जर्बजस्ती र मनोमानीकै कारण एउटा नमूना विद्यालयको स्तर खस्कदै गएको छ । टाउके नेताका छोरा, बुहारी भर्ना गरेर उनीहरुलाई हातमा लिएका अर्यालको मनोमानीले विद्यालय विग्रदै गएको छ । 

जर्बजस्ती चर्को शुल्क :

संविधान, शिक्षा ऐन तथा स्थानीय सरकारको शिक्षा ऐन अनुसार सरकारी विद्यालयको माध्यमिक तह सम्म शिक्षा, पाठ्यपुस्तक र आधारभूत तह सम्मलाई खाजा समेत निःशुल्क छ । तर गौतमबुद्ध मा.वि.मा भने प्रअ अर्यालकै निर्देशनमा जर्बजस्ती चर्को शुल्क लिइदै 

आएको छ । यहाँ कक्षा १ को ३ सय देखि १० कक्षा सम्मको ९ सय रुपैया सम्म मासिक शुल्क लिइन्छ । यसै गरि आफैले छापेको क्यालेन्डरको समेत प्रत्येक विद्यार्थीबाट ५० रुपैया असुलिन्छ । परिक्षा शुल्क २ सय रुपैया,डायरीको७०रुपैया,टाइ,बेल्ट,अतिरिक्त क्रियाकलाप, कम्प्यूटर विभिन्न शिर्षकमा चर्को शुल्क लिइन्छ । कक्षा ९ मा भर्ना भएका विद्यार्थीहरुलाई कक्षा १०, ११ र १२ मा समेत बर्षेनी भर्ना शुल्क भन्दै २० हजार रुपैया सम्म असुल्ने गरिएको छ । 

विद्यालयले हाल कक्षा ८ देखि माथिका विद्यार्थीहरुका लागि अनिवार्य कोचिङ्ग गर्न भन्दै उर्दी जारी गरेको छ । व्यवस्थापन समितिलाई थाहै नदिई ४ वटा विषयको कोचिङ्ग लिनुपर्ने र त्यसका लागि १६ सय मासिक तिर्नुपर्ने छ । कोचिङ्ग कक्षा सुरु भइसकेको छ भने अभिभावक थप शैक्षिक भारमा छन् । 

खस्किदो शिक्षा :

गत बर्षको कक्षा ८ को जिल्ला स्तरीय परिक्षामा ८३ जना विद्यार्थी संलग्न भएको र जम्मा १७ जना मात्र उत्तिर्ण भएको विद्यालयले जनाएको छ । जस अनुसार शैक्षिक स्तर खस्केकेका प्रष्ट छ । हालै सकिएको एसइइ परिक्षा तथा कक्षा ११ र १२ को परिक्षा पनि त्यति सन्तोषजनकछैन । जुन अनुपातमा सरकार, समुदाय र अभिभावकको लगानी छ त्यो अनुपातमा शिक्षाको स्तर झन झन तल झर्दै गएको स्थानीय दिनेश बन्जाडे बताउनु हुन्छ ।

पूर्वाधारमा अनियमितता :

संघीय सरकारले नमूना विद्यालयलाई ५ बर्ष सम्म विद्यालय सुधारमा बजेट दिदै आएको छ । तर गत आ.ब. ०७८-७९ मा विद्यालयले पाएको १ करोड ५० लाख मध्ये १ करोड बजेट प्रअ अर्यालकै लापरवाहीले फ्रिज हुन गएको छ । विद्यालय आफैले गर्न मिल्ने र राम्रो कमिशन आउने काम गरेर टेन्डर बाट हुने कामलाई वेवास्ता गरेको अभिभावकहरुकै आरोप छ । अर्याल आफैले विद्यालयमा २१ लाखको ब्लक विच्छाएको, ८ लाख ६० हजारको फर्निचर किनेको, १३ लाखको ल्यापटप किनेको र खानेपानी शौचालय निर्माण ममर्तमा ४ लाख २० हजार खर्च गरेका थिए । तर ८ कोठे भवनको बजेट सम्झौता गर्न उनले आनाकानी गर्दा बजेट फ्रिज भएको स्थानीय बालकृष्ण बेल्बासे बताउनुहुन्छ । 

व्यवस्थापन समितिद्धारा राजिनामा :

विद्यालयमा बढ्दो अनियमितता र प्रअ अर्यालको मनपरीबाट दिक्क परेका विद्यालय व्यवस्थापन समितिका सदस्यहरुले सामूहिक राजिनामा दिएका छन् । समिति सदस्य बालकृष्ण बेल्बासे, सुलोचना भुसाल, विष्णु, आचार्य, दुखा थारुले सामूहिक राजिनामा दिएका छन् । अध्यक्ष कृष्ण प्रसाद भट्टराई पनि राजिनामा दिएर अस्टे«लिया जान लागेको बेल्बासेले बताए । “समितिको निर्णय कार्यान्वयन हुदैन, १ करोड बजेट फ्रिज गराइयो, शैक्षिक गुणस्तर झन खस्किएको छ, हेरेर बस्न भन्दा राजिनामा दिएकै ठीक भनेर निस्कियौ” उनले भने । 

भर्तिकेन्द्र बन्दै विद्यालय :

विद्यालयले शिक्षक अभाव भएको, विद्यार्थी संख्या १४ सय नाघेको भन्दै निजी श्रोतबाटै शिक्षक भर्ना गरेको छ । २ बर्षको अवधीमा ११ जना शिक्षक तथा कर्मचारी भर्ना गरियो । भर्ना गरिएका अधिकांश कांग्रेस निकट र नगर क्षेत्रका नेताका छोरा, बुहारीहरु रहेको श्रोतको भनाई छ । आन्तरिक श्रोत अभाव हुदाहुदै पनि विद्यालयले जर्बजस्ती विद्यार्थी संख्या देखाएर शिक्षक भर्ना गरेपछि तलब खुवाउनकै लागि चर्को शुल्क उठाउदै गरेको छ । 

सोहि कारणले पनि प्रअ अर्याल विरुद्ध बुद्धभूमीका कुनै पनि दलहरुले विरोध गर्न अप्ठ्यारो मान्ने गरेको स्थानीयबासीको आरोप छ । 

निरिह नगरपालिका :

बुद्धभूमी नगरपालिका किनारका कपिलवस्तु नगरपालिका र शिवराजले उच्च मावि सम्म कुनैपनि वहानामा शुल्क लिन निषेध गरेको छ । तर यहाँ भने विद्यालयकै अगाडी नगरपालिका निरिह सरह देखिन्छ । नगरपालिकाले विद्यालयलाई बर्षेनी शिक्षक अनुदान, मसलन्द, पाठ्यपुस्तक, छात्रवृत्ति, खाजा तथा पूर्वाधारमा बजेट विनियोजन गरेका छतर अभिभावकको ढाड सेकिने गरि लिइने चर्को शुल्क बारे एउटा पत्र समेत काट्न सकेको छैन ।बुद्धभूमी नगरपालिकाकै नमूना विद्यालयमा अध्ययन गर्ने १४ सय विद्यार्थीहरु मध्ये ८० प्रतिशत विद्यार्थी विपन्न छन् । निम्न बर्गिय परिवारका उनीहरु अंग्रेजी मात्र होइन नेपाली माध्यममा समेत शुल्क लिएर पढाउने अवस्थामा छैनन् । तर स्थानीय सरकारले शुल्क पुर्ण रुपमा निःशुल्क गर्ने र विद्यालयमा विग्रदै गरेको शैक्षिक गुणस्तर सुधार गर्दै भएका अनियमितता रोक्न सके यहाँका बालबालिका शैक्षिक विस्थापित हुने अवस्था रोकिने थियो ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP