Trending
flash राधा कोरीको निधनमा एमाले विजयनगरद्वारा शोक तथा श्रद्धाञ्जली flash शिवराज साझेदारी वन उपभोक्ता समूहको आठौँ साधारणसभा  flash बहादुरगञ्जमा भदौ २० गते निःशुल्क आँखा शिविर हुँदै flash बाढी पीडितको उद्धारमा जुट्याे विजयनगर, १० लाख बढी सहयोग गर्ने प्रतिबद्धता flash उपाध्यक्ष चौधरी र वडाध्यक्ष मुसलमानको रास्वपा सदस्यता गोपनीयता भंग भन्दै छानबिन गर्न सभापतिको माग flash विजयनगरका उपाध्यक्ष चौधरी, वडा अध्यक्ष मुसलमानले रोजे रास्वपा flash लागूऔषधसहित कपिलवस्तुमा ६ जना पक्राउ समाज खैरहनीमा बससँग ठोक्किँदा मोटरसाइकलमा सवार दुवै जनाको मृत्यु flash एमालेको जागरण अभियानमा जुटे विजयनगरका कार्यकर्ता flash शान्तिदीप आधारभूत विद्यालयमा व्यवस्थापन समिति गठन, अध्यक्षमा तिरथ काेरी

झूटो कागजात बनाएर कर्मचारी भर्ना

बागलुङ : बागलुङ नगरपालिकाले सुरक्षित आप्रवासन परियोजना (सामी) का लागि ‘फेक डकुमेन्ट’ बनाएको आरोप लागेका व्यक्तिलाई कर्मचारीका रूपमा छनोटमा गरेको छ।

चालू आर्थिक वर्षदेखि बागलुङ नगरपालिकाले स्वामित्व लिएको सामी परियोजनाका लागि कर्मचारी छनोट गर्ने क्रममा पालिकाले नक्कली कागजात बनाएको आरोप लागेकी बागलुङकी निर्मलाकुमारी शर्मा गौतमलाई छनोट गरेको छ।

कर्मचारी छनोट गर्ने क्रममा नक्कली कागजात बनाएको भनी अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेको र त्यसको कुनै फैसला पनि नभएको व्यक्तिलाई छनोट गरिएको रहस्य खुलेको छ। आप्रवासी स्रोतकेन्द्र परामर्शकर्तामा छनोट भएकी व्यापारी निर्मला कुमारी शर्मा गौतमले सिवाईसीमा काम नगरे पनि नक्कली कागज बनाई काम गरेको अनुभव पेश गरेको पाइएको छ।

कर्मचारी छनोटको नतिजा गत भदौ ९ गते सार्वजनिक गरिएको थियो। उनीविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धानको कार्यालय पोखरामा ‘बागलुङ एनजिओ सिवाईसीले निर्मला गौतम भन्ने फेन्सी व्यापारिलाई सामाजिक परिचालनको अनुभव प्रमाणित गरी नक्कली सामाजिक परिचालनको काम बारम्बार गर्ने गरेको, त्यही अनुभवलाई बिवाईसीले गुरु मानेर योग्य मानिस फालेर सामी प्रोजेक्टमा जागिरमा छनोट गरिएको’ भन्दै उजुरी परेको थियो।

उजुरीमा जिल्ला प्रशासन कार्यालय, बागलुङमा अधिकृत तहमा कार्यरत उनका श्रीमान् तेजप्रसाद गौतमले उनको उमेर घटाएर नागरिकता निकालिदिएको समेत उल्लेख गरिएको छ। तेजप्रसाद गौतमकै फोर्समा उनी छनोट भएको बुझिएको छ। गौतम पहिलो पटक छनोट भएको एक महिनामै बागलुङ नगरपालिकाले परियोजनाको अपनत्व ल्याउँदा कर्मचारीको अपनत्व भने अस्वीकार गरी पुनः विज्ञापन खुलाइएको थियो।

बागलुङ नगरपालिकाले अपनत्व लिएपछि कार्यक्रम सांयोजक १, सामाजिक परिचालन अधिकृत १, आप्रवासी स्रोतकेन्द्र परामर्शकर्ता २, मनोसामाजिक परामर्शकर्ता १, वित्तीय साक्षरताकर्ता १, रिटनिस स्वयंसेवक ३ जना कर्मचारी छनोट गरेको छ। त्यही क्रममा गौतम दोस्रोपटक छनोट भएकी थिइन्।

कर्मचारी छनोटमा सहायक प्रमुख जिल्ला अधिकारी गणेशप्रसाद पौडेल विज्ञका रूपमा सहभागी भएका थिए। उनले अख्तियारमा उजुरी परेको भए पनि दोषी प्रमाणित नहुँदासम्म योग्य भए जागिर खान सक्ने बताए। उनले यस विषयमा छानबिन गर्नुपर्ने र दोषी प्रमाणित भए कारबाही हुनुपर्ने बताए।

बागलुङ नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत पुरुषोत्तम सापकोटाले नक्कली कागजात बनाएको भन्ने कुरा आफूलाई थाहा नभएको बताए। उनले त्यसबारे हल्ला सुने पनि आफूकहाँ उजुरी नपरेकाले ठ्याक्क थाहा नभएको बताए।

नगरपालिकाले स्वामित्व ल्याउनुअघि (२०७५–२०७९ असार मसान्तसम्म) बिवाईसी मार्फत परियोजना सञ्चालित थियो। परियोजनाको स्वामित्व ल्याउँदा जैमिनी नगरपालिका र गलकोट नगरपालिकाले पूरानै कर्मचारीलाई निरन्तरता दिएका थिए तर काठेखोला गाउँपालिका र बागलुङ नगरपालिकाले नयाँ कर्मचारी भर्ना गरेका छन्।

बागलुङ नगरपालिकामा सामी परियोजनाको कर्मचारी छनोटमा ढिलाइ हुँदा साउन १ गतेदेखि कार्यालय समेत बन्द भएको छ। कार्यालय बन्द हुँदा सेवाग्राही मर्कामा परेका छन्।

कर्मचारी छनोटका क्रममा लिखित परीक्षामा ४०, अन्तर्वार्ता, शैक्षिक योग्यता, अनुभव, भूगोल गरी ६० अङ्कभार राखिएको थियो। दुई वर्षदेखि काम गर्दै आएका कर्मचारी भने अहिले छनोट हुन सकेनन्।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP