Trending
flash राधा कोरीको निधनमा एमाले विजयनगरद्वारा शोक तथा श्रद्धाञ्जली flash शिवराज साझेदारी वन उपभोक्ता समूहको आठौँ साधारणसभा  flash बहादुरगञ्जमा भदौ २० गते निःशुल्क आँखा शिविर हुँदै flash बाढी पीडितको उद्धारमा जुट्याे विजयनगर, १० लाख बढी सहयोग गर्ने प्रतिबद्धता flash उपाध्यक्ष चौधरी र वडाध्यक्ष मुसलमानको रास्वपा सदस्यता गोपनीयता भंग भन्दै छानबिन गर्न सभापतिको माग flash विजयनगरका उपाध्यक्ष चौधरी, वडा अध्यक्ष मुसलमानले रोजे रास्वपा flash लागूऔषधसहित कपिलवस्तुमा ६ जना पक्राउ समाज खैरहनीमा बससँग ठोक्किँदा मोटरसाइकलमा सवार दुवै जनाको मृत्यु flash एमालेको जागरण अभियानमा जुटे विजयनगरका कार्यकर्ता flash शान्तिदीप आधारभूत विद्यालयमा व्यवस्थापन समिति गठन, अध्यक्षमा तिरथ काेरी

गल्कोपाखामा व्यापारीलाई पछ्याएर ९ लाख ५२ हजार चोरी, आरोपी पक्राउ

काठमाडौं । काठमाडौंको ठमेल स्थित गल्कोपाखामा एकजना व्यापारीलाई पछ्याएर चोरले ९ लाख ५२ हजार नगद चोरेका छन् । होटल व्यवसाय गर्ने व्यापारीलाई पछ्याएका आरोपीले घर पुगेर पैसा राखेपछि किचनबाट प्रवेश गरेर नगद चोरेर भागेका हुन् ।

चोरीमा संलग्न आरोपमा प्रहरीले नुवाकोटको ककनी घर भएर काठमाडौंको डल्लु बस्ने ४२ वर्षीय बुद्धि तामाङलाई पक्राउ गरेको छ । भदौ १३ मा राति साढे ३ बजे चोरेर भागेको १ घण्टापछि आरोपीलाई पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी दिनेशराज मैनालीले रातोपाटीलाई बताए ।

अनुसन्धानमा संलग्न अधिकारीहरुका अनुसार उनी व्यवसायीक चोर हुन् । आरोपीले ब्यापारीले होटल बन्द गरेर संकलित पैसा घर लाने गरेको पत्ता लगाएर घरमा पसेको प्रहरीको भनाइ छ । तर, आरोपीले प्रहरीसँग भनेका छन्–‘पछ्याएको थिइँन्, त्यतिकै छिर्दा ठुलो परिमाणमा नगद भेटियो ।’

घरधनीले थाहा पाएर हल्ला गरेपछि उनी ३ तला माथिबाट हामफालेर भागेका थिए । आरोपीबिरुद्ध चोरी मुद्दामा अदालतबाट म्याद लिएर अनुसन्धान भइरहेको एसपी मैनालीले जानकारी दिए ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP