काठमाडौं : उच्च अदालत, दिपायलमा कार्यरत तत्कालीन रजिष्ट्रार रणबहादुर कटवालविरुद्ध भ्रष्टाचारको मुद्दा परेको छ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बिहीबार विषेश अदालत काठमाडौंमा यससम्बन्धी आरोपपत्र दायर गरेको हो।
कटवालले आव ०७८/७९ मा विनियोजित बजेट अनियमितता गरी खर्च गरेको र स्थायी शिक्षिकाको रुपमा अन्यत्रै कार्यरत रहेकी आफ्नी श्रीमतीलाई उच्च अदालत दिपायलको कम्प्युटर अपरेटरमा नियुक्त गरेको आरोप लागेको छ।
कटवाललाई ४ लाख ९८ हजार ९९५ रूपैयाँ बिगो मागदावी गरिएको छ।
राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…
प्रतिक्रिया