काठमाडौं : भू तथा जलाधार कार्यालय जुम्लाका तत्कालीन प्रमुख शेरबहादुर श्रेष्ठसहित ६ जनामाथि भ्रष्टाचार मुद्दा लागेको छ।
तटबन्ध निर्माणका लागि आएको तारको जाली बिक्री गरी रकम हिनामिना गरेको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले शुक्रबार विशेष अदालतमा मुद्दा दायर गरेको हो।
तत्कालीन प्रमुख श्रेष्ठ, सब-इन्जिनियर दानबहादुर बुढ्थापा, सोरु गाउँपालिका-४ का तत्कालीन वडाध्यक्ष डबले शाही, दैरीखोला रावलवाडा तटबन्धन आयोजना उपभोक्ता समितिका अध्यक्ष हस्तविर दमाई, सचिव लोकजंग दमाइ र कोषाध्यक्ष भिमलाल दमाइको मिलेमतोमा आयोजनाका १८ लाख १० हजार ८४ रूपैयाँ हिनामिना गरेको पुष्टि अख्तियारले गरेको छ।
प्रतिवादीहरूबाट हिनामिना भएको रकम असुल गरी कैद तथा जरिवानाको सजाय माग गरिएको अख्तियारका प्रवक्ता श्यामप्रसाद भण्डारीले जानकारी दिए।
राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…
प्रतिक्रिया