Trending
flash राधा कोरीको निधनमा एमाले विजयनगरद्वारा शोक तथा श्रद्धाञ्जली flash शिवराज साझेदारी वन उपभोक्ता समूहको आठौँ साधारणसभा  flash बहादुरगञ्जमा भदौ २० गते निःशुल्क आँखा शिविर हुँदै flash बाढी पीडितको उद्धारमा जुट्याे विजयनगर, १० लाख बढी सहयोग गर्ने प्रतिबद्धता flash उपाध्यक्ष चौधरी र वडाध्यक्ष मुसलमानको रास्वपा सदस्यता गोपनीयता भंग भन्दै छानबिन गर्न सभापतिको माग flash विजयनगरका उपाध्यक्ष चौधरी, वडा अध्यक्ष मुसलमानले रोजे रास्वपा flash लागूऔषधसहित कपिलवस्तुमा ६ जना पक्राउ समाज खैरहनीमा बससँग ठोक्किँदा मोटरसाइकलमा सवार दुवै जनाको मृत्यु flash एमालेको जागरण अभियानमा जुटे विजयनगरका कार्यकर्ता flash शान्तिदीप आधारभूत विद्यालयमा व्यवस्थापन समिति गठन, अध्यक्षमा तिरथ काेरी

३ वर्षमा लुम्बिनी प्रदेशका करिब ४ हजारले गरे आत्महत्या

दाङ : बितेको ३ वर्षमा लुम्बिनी प्रदेशमा करिब ४ हजार जनाले आत्महत्या गरेका छन्। लुम्बिनी प्रदेशका १२ जिल्लामध्ये सबैभन्दा बढी आत्महत्या गर्नेमा रूपन्देहीका रहेका छन्। मानसिक, यौनिक, शारीरिक, सामाजिक, आर्थिक यातनालगायतका कारणले आत्महत्या गर्ने गरेको देखिएको प्रहरीले जनाएको छ।

लुम्बिनी प्रदेशका १२ जिल्लाहरूमा ३ वर्षको अवधिमा ३ हजार ९७५ जनाले आत्महत्या गरेका छन्। प्रहरीका अनुसार आर्थिक वर्ष २०७६/०७७ मा १ हजार २३३ जना, आर्थिक वर्ष २०७७/०७८ मा १ हजार ४०८ जना र आर्थिक वर्ष २०७८/०७९ मा १ हजार ३३४ जनाले आत्महत्या गरेका छन्।

प्रहरीको तथ्याङ्क अनुसार आर्थिक वर्ष २०७८/०७९ मा रूपन्देहीमा मात्रै २६७ जनाले आत्महत्या गरेका छन्। त्यसैगरी दाङमा २१४, कपिलवस्तुमा १६६ जना, बर्दियामा १६१ जना, पाल्पामा ७५ जना, गुल्मीमा ७१ जना, रोल्पामा ७३ जना, प्युठानमा ६८ जना, अर्घाखाँचीमा ५९ जना, बाँकेमा ५८ जना र रुकुममा १२ जनाले आत्महत्या गरेका छन्।

दाङमा आर्थिक वर्ष २०७६/०७७ देखि अहिलेसम्म ७१२ जनाले आत्महत्या गरेका छन्। चालु आर्थिक वर्षको दोस्रो महिना सकिँदा जिल्लामा ७१२ जनाले आत्महत्या गरेको जिल्ला प्रहरी  कार्यालय दाङले जनाएको छ। प्रहरीका तथ्यांक अनुसार आर्थिक वर्ष २०७६/०७७ मा २२४, आर्थिक वर्ष २०७७/०७८ मा २३८ र आर्थिक वर्ष २०७/०७९ मा २१४ जनाले आत्महत्या गरेका छन्।

आत्महत्या गर्ने  उमेर समूहमा विशेषगरी १५ देखि ४९ वर्षका व्यक्ति बढी रहेको जिल्ला प्रहरी कार्यालय दाङका प्रमुख एसपी वीर बहादुर वलीले जानकारी दिए। गत आर्थिक वर्षमा जिल्लामा आत्महत्या गर्नेको सङ्ख्यामा कमी भएको उनको भनाइ छ। यस्तै आत्महत्या झुन्डिएर, विष सेवन, हाम फालेर, हात हतियार प्रयोग, घाँटी रेटी, आगो लगाइ लगायत विभिन्न किसिमबाट गर्ने गरेको उनले बताए।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP