Trending
flash राधा कोरीको निधनमा एमाले विजयनगरद्वारा शोक तथा श्रद्धाञ्जली flash शिवराज साझेदारी वन उपभोक्ता समूहको आठौँ साधारणसभा  flash बहादुरगञ्जमा भदौ २० गते निःशुल्क आँखा शिविर हुँदै flash बाढी पीडितको उद्धारमा जुट्याे विजयनगर, १० लाख बढी सहयोग गर्ने प्रतिबद्धता flash उपाध्यक्ष चौधरी र वडाध्यक्ष मुसलमानको रास्वपा सदस्यता गोपनीयता भंग भन्दै छानबिन गर्न सभापतिको माग flash विजयनगरका उपाध्यक्ष चौधरी, वडा अध्यक्ष मुसलमानले रोजे रास्वपा flash लागूऔषधसहित कपिलवस्तुमा ६ जना पक्राउ समाज खैरहनीमा बससँग ठोक्किँदा मोटरसाइकलमा सवार दुवै जनाको मृत्यु flash एमालेको जागरण अभियानमा जुटे विजयनगरका कार्यकर्ता flash शान्तिदीप आधारभूत विद्यालयमा व्यवस्थापन समिति गठन, अध्यक्षमा तिरथ काेरी

फ्रान्स, टर्की र सर्बिया पठाइदिन्छु भन्दै साढे ३३ लाख ठगी गर्ने ३ जना पक्राउ

२५ भदौ,  काठमाडौं : प्रहरीले फ्रान्स, टर्की र सर्बिया पठाइदिन्छु भन्दै विभिन्न व्यक्तिबाट रकम लिएर ठगी गर्ने ३ जनालाई पक्राउ गरेको छ।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले फ्रान्स पठाइदिन्छु भन्दै १४ लाख रुपैयाँ ठगी गर्ने एक व्यक्तिलाई प्रहरीले काठमाडौंको सुकेधाराबाट पक्राउ गरेको हो।

पक्राउ पर्नेमा स्याङ्जाको वालिङ नगरपालिका–१२ घर भई हाल काठमाडौँको सुकेधारा बस्ने ४९ वर्षीय वीरबहादुर गुरुङ छन्। गुरुङले राजभक्त रानाभाटलाई वैदेशिक रोजगारीका लागि फ्रान्स पठाइदिन्छु भन्दै १४ लाख रुपैयाँ ठगी गरेको उजुरी परेपछि अपराध अनुसन्धान कार्यालयले जनाएको छ।

उनले फ्रान्समा होटलमा काम लगाइदिने र महिनाको एक लाख रुपैयाँभन्दा धेरै तलब हुने भन्दै रानाभाटलाई प्रलोभनमा पारेर १४ लाख रुपैयाँ असुलेका अनुसन्धानबाट खुलेको छ।

यस्तै कैलाली लम्किचुहा नगरपालिका–५ स्थाइ घर भई हाल काठमाडौं– २६ मित्रनगर नयाँ बसपार्क बस्ने २३ वर्षको चित्रबहादुर मगरले टर्की पठाइ दिने भन्दै निशान खड्कासँग २ लाख ५० हजार लिएर फरार भएको भन्दै प्रहरीमा उजुरी परेपछि उनलाई सिनामंगलबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ।

यसैगरी सर्बिया पठाइदिन्छु भन्दै तीन जनासँग १७ ठगी गरेको धादिङको ज्वालामुखी गाउँपालिका घर भइ भक्तपुरको थिमी नगरपालिका ३ बस्ने राजकुमार लामिछानेलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ।

उनले बलराम थपामगरसहित ३ जनालाई वैदेशिक रोजगारीको लागि सर्बिया पठाइदिन्छु भन्दै पटक पटक गरी १७ लाख ठगी गरेको प्रहरीको भनाइ छ। उनलाई काठमाडौंको मीनभवनबाट पक्राउ गरिएको हो।

पक्राउ परेका तिनै जनालाई थप अनुसन्धान तथा कारबाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल पठाइएको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मीनभवनका प्रवक्ता प्रहरी उपरीक्षक रविन्द्र रेग्मीले बताए।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP