Trending
flash राधा कोरीको निधनमा एमाले विजयनगरद्वारा शोक तथा श्रद्धाञ्जली flash शिवराज साझेदारी वन उपभोक्ता समूहको आठौँ साधारणसभा  flash बहादुरगञ्जमा भदौ २० गते निःशुल्क आँखा शिविर हुँदै flash बाढी पीडितको उद्धारमा जुट्याे विजयनगर, १० लाख बढी सहयोग गर्ने प्रतिबद्धता flash उपाध्यक्ष चौधरी र वडाध्यक्ष मुसलमानको रास्वपा सदस्यता गोपनीयता भंग भन्दै छानबिन गर्न सभापतिको माग flash विजयनगरका उपाध्यक्ष चौधरी, वडा अध्यक्ष मुसलमानले रोजे रास्वपा flash लागूऔषधसहित कपिलवस्तुमा ६ जना पक्राउ समाज खैरहनीमा बससँग ठोक्किँदा मोटरसाइकलमा सवार दुवै जनाको मृत्यु flash एमालेको जागरण अभियानमा जुटे विजयनगरका कार्यकर्ता flash शान्तिदीप आधारभूत विद्यालयमा व्यवस्थापन समिति गठन, अध्यक्षमा तिरथ काेरी

काठमाडौंको गैह्रीगाउँस्थित काठ मिलमा चारजनाको हत्या, एकै परिवारका तीन

३० भदौ,   काठमाडौं : काठमाडौंको तीनकुनेस्थित गैह्रीगाउँमा चारजनाको हत्या भएको छ। धारिलो हतियार प्रहार गरी हत्या भएको अवस्थामा शुक्रबार मध्यराति दुई पुरुष र दुई महिलाको शव भेटिएको हो।

दिव्य सः मिलभित्र शुक्रबार राति ११:५५ बजे चारजनाको शव भेटिएको काठमाडौं उपत्यका प्रहरी कार्यालयका प्रवक्ता दिनेशराज मैनालीले जानकारी दिए।

हत्या गरिएकमध्ये तीनजना एकै परिवारका हुन्। दोलखा घर भएका करिब ५५ वर्षीय कुमार भुजेल, उनकी श्रीमती ५२ वर्षीया अम्बिका र कुमारकी आमा करिब ७६ वर्षीया सुमित्रा रहेको उपत्यका प्रहरी कार्यालयका प्रमुख एआईजी दीपक थापाले जानकारी दिए। यस्तै मोरङ बेलबारी घर भएका अन्दाजी २१ वर्षका नविन राईको पनि हत्या भएको हो। उनीहरूको शरीरका विभिन्न भागमा हतियार प्रयोग गरिएको पाइएको छ।

हत्या आशंकामा अन्दाजी २८ वर्षीय दीपेन्द्र राईलाई पक्राउ गरेको थापाले बताए। काठमाडौँ उपत्यका प्रहरी कार्यालय, काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय र जिल्ला प्रहरी परिसर काठमाडौंको टोलीले घटनाको अनुसन्धान गरिरहेको छ। घटनाको अनुसन्धानका लागि नेपाल प्रहरीको केनाइन महाशाखाबाट ट्रयाकर कुकुर पनि लगिएको प्रवक्ता मैनालीले बताए।

मृतकको शव पोष्टमार्टमका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्ज लगिएको छ।

सःमिल दोलखा, कालीञ्चोक गाउँपालिका ८ घर भई गौशाला बस्ने बालकृष्ण शिवाकोटीले सञ्चालन गरेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP