२५ असोज, काठमाडौं : नेपाल प्रहरीको पेट्रोल पम्पमा भएको घोटालामा दोषी ठहर भएका सहायक निरीक्षक (असइ) दिलिप कार्कीलाई ६ वर्षको कैद सजाय तोकिएको छ ।
विशेष अदालतका न्यायाधीशहरू यमुना भट्टराई, शालिग्राम कोइराला र बलभद्र बास्तोलाको संयुक्त इजलासले बिहीबार उनको सजाय निर्धारण गरेको हो। कार्कीलाई ६ वर्षको कैदका साथै ६० लाख ७५ हजार २८८ रूपैयाँ जरिवानाको फैसला भएको विशेष अदालतका उपरजिष्ट्रार धनबहादुर कार्कीले थाहाखबरलाई जानकारी दिए।
यसअघि असोज १५ गते सोही इजलासले घोटाला आरोप लागेका असइ कार्कीलाई दोषी ठहर गर्दै सजाय निर्धारणका लागि आजको लागि पेसी तोकेको थियो ।
कार्कीमाथि प्रहरी कल्याण कोष पेट्रोल पम्प नक्सालमा कार्यरत रहँदा आर्थिक वर्ष २०७४/०७५ र २०७५/७६ मा एक करोड ८ लाख ९९ हजार एक सय ८४ रूपैयाँ घोटाला गरेको आरोप थियो ।
राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…
प्रतिक्रिया