१८ कार्तिक, वीरेन्द्रनगर — जाजरकोटमा केन्द्रविन्दू बनाएर शुक्रबार राति आएको भूकम्पमा परेर १२८ जनाको मृत्यु भएको छ भने १४१ जना घाइते भएका छन्।
जाजरकोट भूकम्प : मृत्यु हुनेको संख्या १२८ पुग्यो
कर्णाली प्रदेश प्रहरीका अनुसार बारेकोट गाउँपालिका -१, रामीडाँडामा ४४ जनाको मृत्यु भएको छ भने ७० जना घाइते भएका छन्।
त्यस्तै रुकुम पश्चिममा ३६ जनाको मृत्यु भएको छ भने ८५ भन्दा बढी घाइते भएका छन् ।
जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर शुक्रबार राति ११:४७ मा गएको ६ दशमलव ४ म्याग्निच्युडको भूकम्पबाट पश्चिम नेपाललमा सयौँ घरसमेत भत्किएका छन् । मध्यरातमा भूकम्प गएका कारण क्षतिको पूर्ण विवरण आइनसकेको प्रहरीले जनाएको छ ।
राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि धडकन“ अडियो गीत सार्वजनिक भएको छ । एस एम मिडिया नेपालद्वारा आइतबार सार्वजनिक गरिएको हो । जसको लिरिक्स एमप र राजेन्द्र चौधरीले गरेका छन् भने एरेन्जर गणेश चौधरीले रहेका छन् । यस्तै शब्द संगित सरगम […]
प्रतिक्रिया