Trending
flash राधा कोरीको निधनमा एमाले विजयनगरद्वारा शोक तथा श्रद्धाञ्जली flash शिवराज साझेदारी वन उपभोक्ता समूहको आठौँ साधारणसभा  flash बहादुरगञ्जमा भदौ २० गते निःशुल्क आँखा शिविर हुँदै flash बाढी पीडितको उद्धारमा जुट्याे विजयनगर, १० लाख बढी सहयोग गर्ने प्रतिबद्धता flash उपाध्यक्ष चौधरी र वडाध्यक्ष मुसलमानको रास्वपा सदस्यता गोपनीयता भंग भन्दै छानबिन गर्न सभापतिको माग flash विजयनगरका उपाध्यक्ष चौधरी, वडा अध्यक्ष मुसलमानले रोजे रास्वपा flash लागूऔषधसहित कपिलवस्तुमा ६ जना पक्राउ समाज खैरहनीमा बससँग ठोक्किँदा मोटरसाइकलमा सवार दुवै जनाको मृत्यु flash एमालेको जागरण अभियानमा जुटे विजयनगरका कार्यकर्ता flash शान्तिदीप आधारभूत विद्यालयमा व्यवस्थापन समिति गठन, अध्यक्षमा तिरथ काेरी

पोखरामा एटीएम मेसिन फुटाउने भारतीय नागरिक पक्राउ

२३ कार्तिक, पर्वत : कास्कीको पोखरा महानगरपालिका–८ सभागृह चोकमा रहेको नबील बैंक एटीएम मेसिन फुटाउँदै गरेको अवस्थामा भारतीय नागरिक पक्राउ परेका छन्।

जिल्ला प्रहरी कार्यालय कास्कीका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक श्रवणकुमार बिकका अनुसार भारतको बिहार प्रदेश अन्तर्गत मोतीहारी जिल्लास्थित फेनरा पञ्चायत ग्राम ढांका बजार घर भई हाल पोखरा महानगरपालिका–९ नयाँ बजारमा बबि ठाकुर सैलुन सञ्चालन गर्दै आएका २० वर्षीय बबि ठाकुर पक्राउ परेका हुन्।

उनी बुधवार राति १२ बजे फलामको रडले मेसिनमा रहेको ढोकाको लक फोडेर भित्र पसी मेसिन तोडफोड गर्दै गरेको अवस्थामा पक्राउ परेको प्रहरीले बताएको छ।

उनको साथबाट मसिन फोर्न प्रयोग गरेको फलामको रड एक थान, पेचकस एक थान, भाँचिएको अवस्थाको कपाल काट्ने कैँची एक थान र ढुङ्गा एक थान बरामद भएको छ।

उनीमाथि चोरी उद्योग मुद्दामा अनुसन्धान चलिरहेको पनि प्रहरी नायब उपरीक्षक बिकले बताए।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP