Trending
flash एमालेको जागरण अभियानमा जुटे विजयनगरका कार्यकर्ता flash शान्तिदीप आधारभूत विद्यालयमा व्यवस्थापन समिति गठन, अध्यक्षमा तिरथ काेरी flash कपिलवस्तुमा ब्राउन सुगरसहित तीन जना पक्राउ flash बारा सिमरा घटनाको विरोधमा चन्द्रौटामा शोक दीप प्रज्वलन flash डिजिटल प्रणालीतर्फ विजयनगर अस्पताल flash लाैटनराम द्राेपदी देवी माविमा चार कोठे विद्यालय भवनको शिलान्यास flash कृषि उत्पादन र आत्मनिर्भरतामा जोड, विजयनगरमा खाद्य सुरक्षा परियोजनाको अनुगमन flash जनज्योति माविमा नयाँ चार कोठे भवनको शिलान्यास flash हवाई फायर गरेर भागेका दुई लागुऔषध अफिम कारोबारी पक्राउ flash अध्यक्ष श्रेष्ठलाई छोड्न सर्वोच्चको परमादेश

घृणायुक्त अभिव्यक्ति र अनावश्यक बल प्रयोग बन्द गर : मानवअधिकार आयोग

काठमाडौं : राष्ट्रिय मानवअधिकार आयोगले अहिले भइरहेका प्रदर्शनप्रति लक्षित गर्दै घृणायुक्त अभिव्यक्ति र अनावश्यक बल प्रयोग बन्द गर्न आग्रह गरेको छ।

आयोगका सहसचिव एवं प्रवक्ता डा.टीकाराम पोखरेलले प्रेस विज्ञप्ति जारी गर्दै घृणायुक्त गतिविधिहरू नेपालको संविधान, राष्ट्रिय र अन्तर्राष्ट्रिय कानुन एवम् मानवअधिकारको मूल्यमान्यताविपरीत रहेको उल्लेख गरेका छन्।

युवा संघ नेपाल र राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ अभियानका नामबाट व्यवसायी दुर्गा प्रसाईँलगायतले बिहीबार गरेको प्रदर्शन र त्यसपश्चात् विभिन्न सामाजिक सञ्जालहरुमा सार्वजनिक भएका घृणायुक्त अभिव्यक्तिहरुप्रति गम्भीर ध्यानाकर्षण भएको आयोगले उल्लेख गरेको छ ।

शुक्रबार दुर्गा प्रसाईं पक्षबाट प्रदर्शन गर्ने भनिएको तीनकुने र प्रसाईँको भक्तपुरस्थितनिवास क्षेत्रको पनि आयोगले अनुगमन गरेको छ।

‘तीनकुनेमा प्रदर्शनका लागि भेला भएकाहरुलाई सुरक्षाकर्मीले नियन्त्रणमा लिई प्रदर्शनमा रोक लगाएको अनुगमनका क्रममा पाइएको छ ।’ विज्ञप्तिमा उल्लेख छ।

आफ्ना विमति र विरोधका कार्यक्रमहरु गर्दा संविधान, कानुन र मानवअधिकारका मूल्यमान्यता र परिधिभित्र रहन, कसैप्रति लक्षित गरी घृणायुक्त अभिव्यक्ति नदिन एवम् यस प्रकारका पोष्टर तथाश्रव्यदृश्य सामाग्रीहरु सामाजिक सञ्जालमा नराख्न, सामाजिक सञ्जालको दुरुपयोग रोक्न, हिंसा भड्किने प्रकारका कुनै पनिगतिविधिनगरी जिम्मेवार नागरिकको भूमिकानिर्वाह गर्न आयोगले आग्रह गरेको छ। a

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP