Trending
flash एमालेको जागरण अभियानमा जुटे विजयनगरका कार्यकर्ता flash शान्तिदीप आधारभूत विद्यालयमा व्यवस्थापन समिति गठन, अध्यक्षमा तिरथ काेरी flash कपिलवस्तुमा ब्राउन सुगरसहित तीन जना पक्राउ flash बारा सिमरा घटनाको विरोधमा चन्द्रौटामा शोक दीप प्रज्वलन flash डिजिटल प्रणालीतर्फ विजयनगर अस्पताल flash लाैटनराम द्राेपदी देवी माविमा चार कोठे विद्यालय भवनको शिलान्यास flash कृषि उत्पादन र आत्मनिर्भरतामा जोड, विजयनगरमा खाद्य सुरक्षा परियोजनाको अनुगमन flash जनज्योति माविमा नयाँ चार कोठे भवनको शिलान्यास flash हवाई फायर गरेर भागेका दुई लागुऔषध अफिम कारोबारी पक्राउ flash अध्यक्ष श्रेष्ठलाई छोड्न सर्वोच्चको परमादेश

चेतना नभएका मान्छेले मात्र राजतन्त्र मान्छन् : ओली

काठमाडौं : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले चेतना नभएका मान्छेले मात्र राजतन्त्र मान्ने टिप्पणी गरेका छन्।

भ्रातृ संगठन युवा संघ नेपालको केन्द्रीय कमिटीको पूर्ण बैठकलाई शुक्रबार सम्बोधन गर्दै ओलीले थोरै मात्र चेतना भएको मान्छेले राजतन्त्र स्वीकार गर्न नसक्ने टिप्पणी गरेका हुन्।

‘एउटा मान्छेको छोरो जन्मिँदै राजा भएर जन्मिन्छ। लाटो भएर जन्मिन्छ कि, गँजडी जन्मिन्छ कि, ड्रगिस्ट हुन्छ कि, लफङ्गा भएर जन्मिछ कि, कस्तो जन्मिन्छ भन्ने थाहा छैन। जन्मिँदै राजा हुने‚ त्यो कुरा पनि मान्छु त्यही हुनुपर्छ भन्ने‚ कठैबरी! नागरिक सर्वोच्चता स्वीकार गर्न नसक्ने, एउटा व्यक्तिमा सार्वभौमसत्ता हुनुपर्छ भन्ने चेतना हो र ! त्यो त मूर्खता हो नि!’

जनताले काम लाग्ने चिज होइन रहेछ भनेर १५ वर्ष अगाडि फालिसकेको राजतन्त्र ब्यूँताउँछु भन्नु दिवा स्वप्न भएको उनको दाबी छ।

‘त्यस्तो एउटा मरेको प्रेतका पछाडि नलिखुट्टाको हड्डी फुकेर राजतन्त्र फर्काउँछु भनेर केही लाग्या छन्’ एमाले अध्यक्ष ओलीले भने, ‘त्यस्तो बेलामा युवा संघले हामी यहाँ छौँ भनेर‚ छातिमा टाँसेर होइन रातो टोपी लाएर मैदानमा उत्रिएर देखायो। देश संकटमा परेको बेला काँध थाप्ने हामी छौँ है भनेर बोल्यो हिजो म तपाईंहरूलाई धन्यवाद दिन चाहन्छु ।’

युवा संघले बिहीबार गरेको प्रदर्शन झलक मात्र भएको भन्दै उनले ठूला आन्दोलनका लागि पनि तयार रहन आग्रह गरे ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP