काठमाडौँ : सभामुख देवराज घिमिरेले संघीय संसद्लाई सर्वोच्च विधायकी संस्थाको रूपमा प्रभावकारी बनाउनुपर्ने बताएका छन्।
सोमवार संघीय संसद् सचिवालयले आयोजना गरेको संसद् सेवाको प्रभावकारिता सम्बन्धी अन्तरसंवाद कार्यक्रममा बोल्दै उनले संसद्लाई सर्वोच्च विधायकी संस्थाको रूपमा प्रभावकारी बनाउनुपर्ने बताएका हुन्। उनले संसद् सर्वोच्च विधायकी संस्था भएको उल्लेख गर्दै यसलाई सर्वोच्च बनाउनुपर्नेमा जोड दिए। उनले संसद्लाई प्रभावकारी बनाउनुपर्ने बताए।
उनले संसद्लाई प्रभावकारी बनाउन सबैको भूमिका हुने भन्दै आ–आफ्नो ठाउँबाट भूमिका खेल्न आग्रह पनि गरे। सभामुख घिमिरेले संसद् सेवालाई प्रभावकारी बनाउन अध्ययन, अवलोकन भ्रमण, अनुभव आदानप्रदान लगायतका सेवा, सुविधा दिनुपर्ने उल्लेख गर्दै यसका निम्ति आफूले भूमिका खेल्ने पनि बताए।
उनले भने, ‘एउटा कुरा निश्चय पनि सर्वोच्च विधायकी संस्था हो संसद्। यसलाई अझ सर्वोच्च र प्रभावकारी बनाउने हो। संसद् सेवा छुट्टै भइसकेपछि पनि प्रभावकारी भएन। विज्ञता हासिल गर्न दिनुपर्ने सुविधा, सेवाको अभाव परिपूर्ति कसरी गर्ने? संसदीय सेवालाई प्रभावकारी बनाउन अझ बढी सुविधा दिने, सक्षम, योग्य र इमान्दार बनाउन मैले आफ्नो ठाउँबाट भूमिका खेल्न जहिल्यै पनि तयार छु।’
सभामुख घिमिरेले सार्वजनिक संस्थाहरूमा सक्षम मान्छेको नेतृत्वले पनि संस्थालाई परिणाम दिन नसक्ने गरेको भन्दै उनले संस्थागत रूपले लान नसक्दा समस्या देखापर्ने गरेको बताए। उनले समस्या समाधानका लागि खुलस्त छलफल, अनुगमन, मूल्यांकन गर्दै कार्यसम्पादन गरे परिणाम निकाल्न सकिने बताए।
उनले संसद् सेवाका कर्मचारीलाई जिम्मेवारपूर्वक काममा खट्न आग्रह गरे।
राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…
प्रतिक्रिया