Trending
समाज खैरहनीमा बससँग ठोक्किँदा मोटरसाइकलमा सवार दुवै जनाको मृत्यु flash एमालेको जागरण अभियानमा जुटे विजयनगरका कार्यकर्ता flash शान्तिदीप आधारभूत विद्यालयमा व्यवस्थापन समिति गठन, अध्यक्षमा तिरथ काेरी flash कपिलवस्तुमा ब्राउन सुगरसहित तीन जना पक्राउ flash बारा सिमरा घटनाको विरोधमा चन्द्रौटामा शोक दीप प्रज्वलन flash डिजिटल प्रणालीतर्फ विजयनगर अस्पताल flash लाैटनराम द्राेपदी देवी माविमा चार कोठे विद्यालय भवनको शिलान्यास flash कृषि उत्पादन र आत्मनिर्भरतामा जोड, विजयनगरमा खाद्य सुरक्षा परियोजनाको अनुगमन flash जनज्योति माविमा नयाँ चार कोठे भवनको शिलान्यास flash हवाई फायर गरेर भागेका दुई लागुऔषध अफिम कारोबारी पक्राउ

गर्न सक्ने मात्र बोलौँ, जनता निराश भइसके : अध्यक्ष तिमिल्सिना

२७ मंसिर, काठमाडौँ : राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले राजनीतिक दलहरूलाई गर्न सक्ने कुरा मात्र बोल्न आग्रह गरेका छन्।

दलहरूले चुनावमा गरेका घोषणा र प्रतिबद्धताको पालना नगर्दा नागरिक निराश भएको उनले बताएका छन्। बुधवार काठमाडौँमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्।

उनले भने, ‘हामी जे बोल्छौँ, त्यो गर्नुपर्छ। सत्तामा हुँदा एउटा कुरा हुन्छ, त्यहीँ प्रतिपक्षमा हुँदा अर्को हुन्छ। त्यो भनेको जे बोल्छौँ, त्यो नगरेर हो। मत माग्दा के भनेको छ, पाएर जितिसकेपछि अर्को भइदिएको छ। हामी गर्नसक्ने कुरा बोलौँ, बोलेको कुरा गरौँ।’

उनले चुनावमा दलहरूले जारी गरेका घोषणापत्र र उम्मेदवारहरूले गरेका प्रतिबद्धताहरू पूरा नहुँदा नागरिक राजनीतिप्रति असन्तुष्ट रहेको बताए। उनले बोलेको कुरा पूरा नगर्दा समाजमा समस्या पैदा भएको बताए। उनले सत्तामा हुँदा एउटा र प्रतिपक्षमा हुँदा अर्कै कुरा बोल्ने परिपाटी अन्त्य हुनुपर्ने बताए।

उनले भने, ‘चुनावमा दलहरूले घोषणापत्र जारी गर्छन्, उम्मेदवारहरूले मत माग्दा विकास, समृद्धि, सुशासन, न्याय आदि इत्यादि भाषण गर्ने गर्छौं। जे बोल्छौँ, त्यो गरिदिए हुन्छ। यहाँ त जे बोल्छौँ त्यो नगर्ने कुरा भएको हुँदा बिग्रिएको छ।’

अध्यक्ष तिमिल्सिनाले आम नागरिकको दैनिकीसँग जोडिने विषयवस्तुमा सरकारले विशेष ध्यान दिई काम कारबाही गर्न आवश्यक रहेको बताए।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP