Trending
समाज खैरहनीमा बससँग ठोक्किँदा मोटरसाइकलमा सवार दुवै जनाको मृत्यु flash एमालेको जागरण अभियानमा जुटे विजयनगरका कार्यकर्ता flash शान्तिदीप आधारभूत विद्यालयमा व्यवस्थापन समिति गठन, अध्यक्षमा तिरथ काेरी flash कपिलवस्तुमा ब्राउन सुगरसहित तीन जना पक्राउ flash बारा सिमरा घटनाको विरोधमा चन्द्रौटामा शोक दीप प्रज्वलन flash डिजिटल प्रणालीतर्फ विजयनगर अस्पताल flash लाैटनराम द्राेपदी देवी माविमा चार कोठे विद्यालय भवनको शिलान्यास flash कृषि उत्पादन र आत्मनिर्भरतामा जोड, विजयनगरमा खाद्य सुरक्षा परियोजनाको अनुगमन flash जनज्योति माविमा नयाँ चार कोठे भवनको शिलान्यास flash हवाई फायर गरेर भागेका दुई लागुऔषध अफिम कारोबारी पक्राउ

रूसी सेनामा गएकालाई सकुशल फर्काउन प्रयासरत छौं : प्रचण्ड

२७ मंसिर, काठमाडौं : प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले रूसी सेनामा गएका नेपाली युवा फर्काउन सरकारले पहल गरिरहेको बताएका छन्।

काठमाडौं विश्वविद्यालयको २९ औं दीक्षान्त समारोहलाई बुधबार धुलिखेलमा सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले यस्तो बताएका हुन्।

‘अहिले विभिन्न वाध्यताका कारण २०० भन्दा बढी नेपाली युवाहरू रूसी सेनामा भर्ना भएको जुन खबर आएको छ, त्यो चिन्ताजनक छ।’ उनले भने‚ ‘सरकार तीनलाई सकुशल फिर्ता ल्याउन हरसम्भव प्रयास गरिरहेको छ।’

उनले नेपालमा अवसर छैन भन्ने भाष्य निर्माण गरिँदा नेपाली युवाले विदेशमा अनेक हण्डर खानुपरेको उल्लेख गरे।

‘नेपालमा अवसर छैन भन्ने जुन भाष्य निर्माण भएको छ, त्यसको परिणाम स्वरूप नेपाली युवा विदेशमा अनेक हन्डर खाइरहेका छन्।’ प्रचण्डले भने‚ ‘म उनीहरूलाई यही मञ्चबाट आश्वस्त पार्न चाहन्छु कि अहिले नेपालमै प्रशस्त शिक्षा तथा रोजगारीका अवसर छन् र तिनको उचित व्यवस्थापन गर्न सके व्यक्तिगत जीवनको मात्र नभएर देशहितको पनि काम गर्न सकिन्छ।’

उनले दिक्षित भएका विद्यार्थीलाई आफूले आर्जन गरेको ज्ञान र सीप देशको र मानव जातिको हितका लागि प्रयोग गर्न पनि आग्रह गरे।

‘काठमाडौं विश्वविद्यालय वा नेपालका अन्य विश्वविद्यालयबाट अध्ययन गरेर थप अध्ययन र अनुभवका लागि विदेश जानुभएका विद्वतवर्ग एवं युवालाई पनि आफ्नो माटोको सुगन्ध र मातृभूमिको माया सम्झेर आर्जित ज्ञान र सीप नेपालको दिगो विकासका लागि सदुपयोग गर्न अनुरोध गर्दछु ।’ उनले भने।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP