Trending
समाज खैरहनीमा बससँग ठोक्किँदा मोटरसाइकलमा सवार दुवै जनाको मृत्यु flash एमालेको जागरण अभियानमा जुटे विजयनगरका कार्यकर्ता flash शान्तिदीप आधारभूत विद्यालयमा व्यवस्थापन समिति गठन, अध्यक्षमा तिरथ काेरी flash कपिलवस्तुमा ब्राउन सुगरसहित तीन जना पक्राउ flash बारा सिमरा घटनाको विरोधमा चन्द्रौटामा शोक दीप प्रज्वलन flash डिजिटल प्रणालीतर्फ विजयनगर अस्पताल flash लाैटनराम द्राेपदी देवी माविमा चार कोठे विद्यालय भवनको शिलान्यास flash कृषि उत्पादन र आत्मनिर्भरतामा जोड, विजयनगरमा खाद्य सुरक्षा परियोजनाको अनुगमन flash जनज्योति माविमा नयाँ चार कोठे भवनको शिलान्यास flash हवाई फायर गरेर भागेका दुई लागुऔषध अफिम कारोबारी पक्राउ

१० गौरव र २५ स्वर्णिम योजना पूरा भएपछि काठमाडौं फेरिन्छ : उपमेयर डंगोल

२९ मंसिर, काठमाडौं : काठमाडौं महानगरपालिकाकी उपप्रमुख सुनिता डंगोलले १० गौरव योजना र २५ स्वर्णिम योजना अघि सारेको बताएकी छिन्। शुक्रबार महानगरको २९ औँ महानगर दिवस कार्यक्रममा उनले यी योजना अगाडि सारिएको बताएकी हुन्।

महानगरले संरचनागत, नीतिगत, कानुनी, प्रशासनिक, व्यवस्थापकीय कार्य र कार्यसम्पादन लगायतका काममा सफलता हासिल गरेको पनि उनले बताइन्।

‘अहिलेसम्मको हाम्रो कार्यकालमा संरचना, नीतिगत, कानुनी, प्रशासनिक र व्यवस्थापकीय र कार्य सम्पादनमा हामीले सफलता हासिल गरेका छौँ, मूलतः विगतदेखि नै लोकप्रिय कार्यक्रमलाई निरन्तरता दिँदै आएका छौँ,’ उनले भनिन्।

महानगरबाट पारदर्शी र सहज ढंगबाट अहिले सेवा प्रवाह हुँदै आएको पनि उनको भनाइ छ। ‘सार्वजनिक सम्पत्तिको प्रयोग र संरक्षण, निःशुल्क कानुनी सेवा, मेलमिलाप सेवा दिएका छौँ, चालू नीति कार्यक्रम तथा बजेटअनुसार काम गर्दै आएका छौँ। १० गौरव योजना र २५ स्वर्णिम योजना अघि सारेका छौँ, ती योजना सफल हुने छन्,’ उनले भनिन्।

यी योजना पूरा भएपछि संघीय राजधानीको मुहार फेरिने उनले दाबी गरिन्।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP