Trending
समाज खैरहनीमा बससँग ठोक्किँदा मोटरसाइकलमा सवार दुवै जनाको मृत्यु flash एमालेको जागरण अभियानमा जुटे विजयनगरका कार्यकर्ता flash शान्तिदीप आधारभूत विद्यालयमा व्यवस्थापन समिति गठन, अध्यक्षमा तिरथ काेरी flash कपिलवस्तुमा ब्राउन सुगरसहित तीन जना पक्राउ flash बारा सिमरा घटनाको विरोधमा चन्द्रौटामा शोक दीप प्रज्वलन flash डिजिटल प्रणालीतर्फ विजयनगर अस्पताल flash लाैटनराम द्राेपदी देवी माविमा चार कोठे विद्यालय भवनको शिलान्यास flash कृषि उत्पादन र आत्मनिर्भरतामा जोड, विजयनगरमा खाद्य सुरक्षा परियोजनाको अनुगमन flash जनज्योति माविमा नयाँ चार कोठे भवनको शिलान्यास flash हवाई फायर गरेर भागेका दुई लागुऔषध अफिम कारोबारी पक्राउ

चौथो पटक सर्‍यो कांग्रेसको महासमिति बैठक

२९ मंसिर, काठमाडौं : नेपाली कांग्रेसको महासमिति बैठक चौथो पटक सरेको छ।

शुक्रवार बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले चौथो पटक महासमिति बैठक सारेको हो। महासमिति बैठक फागुन ७ देखि १० गतेलाई सारिएको छ।

यसअघि कांग्रेसले पुस १६ देखि १९ गतेका लागि महासमिति बैठक बोलाएको थियो तर सभापति शेरबहादुर देउवाले पुसमा जाडो धेरै हुने र माघमा हुने राष्ट्रियसभाको निर्वाचनलाई देखाउँदै महासमिति बैठक सार्न गरेको प्रस्ताव पारित भएसँगै चौथो पटक बैठक सरेको छ।

महासमिति बैठकअघि पुस १२ गतेदेखि कांग्रेसको केन्द्रीय समिति बैठक पनि बोलाइएको छ। शुक्रवारको बैठकले राष्ट्रियसभा चुनावका लागि निर्वाचन आयोगमा दल दर्ता गराउने र उम्मेदवारलाई दिने पत्रमा सभापति शेरबहादुर देउवाले हस्ताक्षर गर्ने निर्णय पनि बैठकले गरेको छ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP