१९ पुष, काठमाडौँ : नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले नारायणहिटीलाई ग्राण्ड म्युजियमका रूपमा विकास गर्नुपर्ने बताएका छन्।
बिहीवार बसेको संसदको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठकमा बोल्दै उनले नारायणहिटीलाई ग्राण्ड म्युजियमका रूपमा विकास गरेर नेपालको इतिहासदेखि राजतन्त्रको अन्त्यसम्मका सामग्री र विषयवस्तु राख्नुपर्ने बताए।
उनले संग्रहालयमा रामापिथेकसदेखि शुरु गरेर नेपालमा शासन गर्ने शासकहरू गोपालवंशी, महिषपाल, सेन वंशी, मल्ल वंशी, राणा, शाह सबैको बारेमा अध्ययन सामग्री राख्नुपर्ने बताए। २०६२/०६३ मा गएर राजतन्त्रको अन्त्य भइसकेको बेलासम्मका इतिहास झल्किने गरी बनाउनसके नेपालको इतिहास अध्ययन गर्नेहरूका लागि राम्रो हुने बताए।
अध्यक्ष नेपालले गणतन्त्रसम्बन्धी एउटा छुट्टै संग्रहालय बनाउनुपर्नेमा जोड दिए। उनले लखन थापा मगरदेखि अहिलेसम्मका जति पनि जनताको लडाईं, संघर्ष, त्याग, तपस्या बलिदानका गाथाहरू त्यसमा लेखिनुपर्ने बताए।
राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…
प्रतिक्रिया