Trending
flash राधा कोरीको निधनमा एमाले विजयनगरद्वारा शोक तथा श्रद्धाञ्जली flash शिवराज साझेदारी वन उपभोक्ता समूहको आठौँ साधारणसभा  flash बहादुरगञ्जमा भदौ २० गते निःशुल्क आँखा शिविर हुँदै flash बाढी पीडितको उद्धारमा जुट्याे विजयनगर, १० लाख बढी सहयोग गर्ने प्रतिबद्धता flash उपाध्यक्ष चौधरी र वडाध्यक्ष मुसलमानको रास्वपा सदस्यता गोपनीयता भंग भन्दै छानबिन गर्न सभापतिको माग flash विजयनगरका उपाध्यक्ष चौधरी, वडा अध्यक्ष मुसलमानले रोजे रास्वपा flash लागूऔषधसहित कपिलवस्तुमा ६ जना पक्राउ समाज खैरहनीमा बससँग ठोक्किँदा मोटरसाइकलमा सवार दुवै जनाको मृत्यु flash एमालेको जागरण अभियानमा जुटे विजयनगरका कार्यकर्ता flash शान्तिदीप आधारभूत विद्यालयमा व्यवस्थापन समिति गठन, अध्यक्षमा तिरथ काेरी

बालिका बलात्कार आरोपमा ५५ वर्षीय पक्राउ

१९ पुष, विराटनगर : मोरङको सुन्दरहरैंचाबाट बालिका बलात्कार आरोपमा एकजना ५५ वर्षीय पुरुषलाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा सुन्दरहरैंचा नगरपालिका–१० का ५५ वर्षीय पदम मगर रहेको प्रहरीले जनाएको छ।

गत पुस १७ गते उनको घरमा डेरा गरेर अभिभावकसँग बस्दै आएकी १० वर्षीया बालिका मगरबाट बलात्कार गरिरहेको अवस्थामा अभिभावकले देखेपछि उनलाई प्रहरीले पक्राउ गरेको थियो।

बालिकाका बुबा विदेशमा रहेका छन्, आमाले अर्को बिहे गरेर गएपछि उनी हजुरबुबा र हजुरआमासँग थिइन्। उनीहरु सुन्दरहरैंचामा मगरको घरमा कोठा भाडामा लिएर बस्दै आएका थिए।

मोरङका प्रहरी नायव उपरीक्षक रन्जनकुमार दाहालका अनुसार पुस १७ गते घटना भएको अभिभावकले देखेपछि उनलाई पक्राउ गरेर इलाका प्रहरी कार्यालय बेलबारीले अनुसन्धान गरिरहेको छ।

घटनाको प्रारम्भिक अनुसन्धानमा बालिकालाई डर देखाएर मगरले यसअगाडि पनि करणी गरेको खुलेको छ। पीडित बालिकाको स्वास्थ्यमा समस्या देखा परेपछि उनको उपचारसमेत भइरहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP