Trending
समाज खैरहनीमा बससँग ठोक्किँदा मोटरसाइकलमा सवार दुवै जनाको मृत्यु flash एमालेको जागरण अभियानमा जुटे विजयनगरका कार्यकर्ता flash शान्तिदीप आधारभूत विद्यालयमा व्यवस्थापन समिति गठन, अध्यक्षमा तिरथ काेरी flash कपिलवस्तुमा ब्राउन सुगरसहित तीन जना पक्राउ flash बारा सिमरा घटनाको विरोधमा चन्द्रौटामा शोक दीप प्रज्वलन flash डिजिटल प्रणालीतर्फ विजयनगर अस्पताल flash लाैटनराम द्राेपदी देवी माविमा चार कोठे विद्यालय भवनको शिलान्यास flash कृषि उत्पादन र आत्मनिर्भरतामा जोड, विजयनगरमा खाद्य सुरक्षा परियोजनाको अनुगमन flash जनज्योति माविमा नयाँ चार कोठे भवनको शिलान्यास flash हवाई फायर गरेर भागेका दुई लागुऔषध अफिम कारोबारी पक्राउ

स्वास्थ्य स्वयंसेविकालाई ५ हजार भत्ता दिँदै कोशी सरकार

१९ पुष, विराटनगर : कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्की नेतृत्वको सरकारले चालु आर्थिक वर्षका लागि प्रतिस्थापन विधेयकमार्फत ल्याएको बजेटमा स्वास्थ्य स्वयंसेविकाहरुलाई ५ हजारका दरले प्रोत्साहन भत्ता दिने व्यवस्था गरेको छ।

यसैगरी सरकारले जिल्ला र प्रदेशस्तरमा स्वयंसेविकाहरुलाई पुरस्कृत गर्ने योजना पनि बनाएको छ। प्रदेश सरकारले प्रोत्साहन भत्ता दिने भएपछि महिला स्वास्थ्य स्वयंसेविकाहरु उत्साहित भएका छन्।

प्रदेश सरकारले महिला स्वास्थ्य स्वयंसेविकाहरूलाई प्रोत्साहन भत्ता पुरस्कृत गर्ने व्यवस्थाले आफूहरू उत्साहित भएको नेपाल महिला स्वास्थ्य स्वयंसेविका संघ कोशी इन्चार्ज रत्ना रिजालले बताइन्।

महिला स्वास्थ्य स्वयंसेविकाहरुले रातदिन नभनी काम गरिरहेको दुःखलाई सम्झेर प्रोत्साहन भत्ता र पुरस्कारको व्यवस्था गरेकोमा उनले प्रदेश सरकारलाई धन्यवादसमेत दिइन्। यसले अझ जिम्मेवार भएर काम गर्न प्रेरित गर्ने उनको भनाइ थियो।

संघकी केन्द्रीय सचिवसमेत रहेकी झापाकी महिला स्वास्थ्य स्वयंसेविका विमला प्रसाईंले प्रदेशभरिमा ६ हजार महिला स्वास्थ्य स्वयंसेविका महिलाले गर्भधारण गरेदेखि बच्चा हुर्कुञ्जेल स्वयंसेवा गर्दै आएको अवस्थामा प्रदेश सरकारले प्रोत्साहन भत्ताको व्यवस्था गरेर थप जिम्मेवार बनाइदिएको बताइन्।

मुख्यमन्त्री कार्कीले कोशीका १४ वटा जिल्लामा एक–एकजना र प्रदेशभरिबाट एकजना महिला स्वास्थ्य स्वयंसेविकालाई सम्मान गर्ने बताए।

कोरोना महामारीका बेलासमेत घरघर पुगेर पीडितलाई हेर्ने महिला स्वास्थ्य स्वयंसेविकाहरुको सेवा महत्वपूर्ण रहेको उल्लेख गर्दै मुख्यमन्त्री कार्कीले प्रोत्साहन गर्ने नीति ल्याइएको बताए।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP