Trending
flash राधा कोरीको निधनमा एमाले विजयनगरद्वारा शोक तथा श्रद्धाञ्जली flash शिवराज साझेदारी वन उपभोक्ता समूहको आठौँ साधारणसभा  flash बहादुरगञ्जमा भदौ २० गते निःशुल्क आँखा शिविर हुँदै flash बाढी पीडितको उद्धारमा जुट्याे विजयनगर, १० लाख बढी सहयोग गर्ने प्रतिबद्धता flash उपाध्यक्ष चौधरी र वडाध्यक्ष मुसलमानको रास्वपा सदस्यता गोपनीयता भंग भन्दै छानबिन गर्न सभापतिको माग flash विजयनगरका उपाध्यक्ष चौधरी, वडा अध्यक्ष मुसलमानले रोजे रास्वपा flash लागूऔषधसहित कपिलवस्तुमा ६ जना पक्राउ समाज खैरहनीमा बससँग ठोक्किँदा मोटरसाइकलमा सवार दुवै जनाको मृत्यु flash एमालेको जागरण अभियानमा जुटे विजयनगरका कार्यकर्ता flash शान्तिदीप आधारभूत विद्यालयमा व्यवस्थापन समिति गठन, अध्यक्षमा तिरथ काेरी

बोराभित्र भेटिएका दुवै शव भारतीय नागरिकको, हत्यारा पनि भारतीय

२३ पुष, काठमाडौं : चितवनमा केही दिनअघि बोराभित्र फेला परेका दुईवटै शवको पहिचान खुलेको प्रहरीले जनाएको छ।

बोराभित्र भेटिएका दुईवटै शव भारतीय नागरिकको रहेको र उनीहरूलाई हत्या गरेर फालिएको अनुसन्धानबाट खुलेको चितवन प्रहरीले जानकारी दिएको छ। प्रहरीका अनुसार उनीहरूको हत्या पनि भारतीय नागरिकबाटै भएको हो।

हत्या गरेर बोरामा शव पोको पारेर फालिएका पुरुष र महिलाको शव प्रहरीले चितवन भरतपुर महानगरपालिका–१२ स्थित मिलनचोकमा गत मङ्सिर ६ गते फेला पारेको थियो।

प्रहरीका अनुसार मृतक नागरिक भारत मोतिहारी घर भएका र चितवनको भरतपुरमा व्यापार गर्दै बसेका थिए। लामो समयसम्म शवको पहिचान नभएपछि प्रहरीले उनीहरूको हुलिया र स्केचसमेत सार्वजनिक गरेको थियो।

हत्यामा संलग्न व्यक्ति भारतमै रहेको र उनी भारतमै पनि अर्को एक हत्यामा संलग्न भएको खुलेको प्रहरीले जनाएको छ। भारतमा पनि हत्या अभियोग लागेकाले उनी भारतकै प्रहरीको नियन्त्रणमा रहेकाले नेपाल ल्याउन नमिलेको प्रहरीले जनाएको छ।

हत्यामा संलग्‍न ती व्यक्तिसँग भारतमै पुगेर बयान लिन नेपाल प्रहरीको एक टोली बिहारमै पुगेको थियो। घटनाको सम्पूर्ण विवरण पत्रकार सम्मेलन गरेर बताउने पनि प्रहरीले जनाएको छ।

 

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP