काठमाडौँ : राष्ट्रियसभा सदस्य वामदेव गौतमले हरित अर्थतन्त्र निर्माणका लागि नेपालमा उत्पादित विद्युत नेपालमै खपत गर्नुपर्ने बताएका छन्।
मंगलवार सिंहदरबारमा बसेको दिगो विकास तथा सुशासन समितिको बैठकमा उनले यतिमात्र भनेनन्‚ प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई प्रश्न गरे‚ ‘भएको विद्युत अरु देशलाई बेचेर नेपालमा हरित अर्थतन्त्र कसरी निर्माण हुनसक्छ?’
उनले हरित अर्थतन्त्र विद्युतले मात्रै उत्पादन गर्नसक्ने बताए। उनले हरित अर्थतन्त्रको विकास गरेको दिनबाट थप विद्युत उत्पादन गरी बिक्री गर्नुपर्ने पनि बताए। उनले विद्युत बिक्री गरिएका सम्झौताहरु खारेज गरेर नेपालमै हरित अर्थतन्त्रको विकासमा सबै विद्युत खपत गर्नुपर्ने बताोए।
‘देशमा उत्पादित बिजुली सबै विदेश पठाउनु हुन्छ‚ अनि हरित अर्थतन्त्र कसरी निर्माण हुन्छ? हरित अर्थतन्त्र विद्युतले मात्रै उत्पादन गर्नसक्छ‚’ उनले भने‚ ‘विद्युत यहाँ सबै ठाउँमा प्रयोग गरेमा सबै हरित अर्थतन्त्र भइहाल्छ। हामीले हरित अर्थतन्त्र विकास गरेपछि विद्युत बिक्री गरे हुन्छ नि। हामीले निर्माण गर्न विदेशीहरुलाई दिएका ठाउँ छोड्ने हो भने म ती सबै खारेज गर्नुपर्छ भन्ने पक्षमा छु। साँच्चिकै हरित अर्थतन्त्र निर्माण गर्ने हो भने विदेशमा बिजुली बिक्री गर्ने होइन, नेपालभित्रै खपत गर्नुपर्छ।’
सदस्य गौतमले सम्पूर्ण अर्थतन्त्रको आधार नै विद्युतलाई बनाउनुपर्ने बताए।
राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…
प्रतिक्रिया