Trending
flash करेसाबारीदेखि कुपोषण न्यूनीकरणसम्म : विजयनगरमा खाद्य सुरक्षा सचेतना अभियान flash किशोरी स्वास्थ्य जाँच, ३५ प्रतिशत भन्दा बढीमा रक्तअल्पता flash कपिलवस्तुकाे विभिन्न स्थानबाट २ लाख २८ हजार बढी अवैध सामान तथा मोटरसाइकल नियन्त्रणमा flash आयुर्वेद स्वास्थ्य सेवा प्रभावकारी, स्थानीय सेवाग्राही उत्साहित flash विजयनगर-२ मा ३५ दिने बारिष्टा तालिम सुरु flash अवैध सामान नियन्त्रण गर्दै सशस्त्र प्रहरी, वैशाखमै १० लाख बराबरको राजस्व सङ्कलन flash कपिलवस्तुमा जबरजस्तीकरणी मुद्दामा मिलापत्र गराउने पुर्व वडा अध्यक्ष सहित ४ जना पक्राउ flash नेपाली काँग्रेस विजयनगरमा जरा अभियान, क्रियाशील सदस्यता अध्यावधिमा जाेड flash कपिलवस्तुमा फरार प्रतिवादी पक्राउ राजनीति राष्ट्रिय स्वाधीनता सबैभन्दा अप्ठ्यारोमा : प्रचण्ड

माघ २ गते भूकम्प सुरक्षा दिवस मनाउँदै सरकार

काठमाडौं : सरकारले माघ २ गते २६ औं भूकम्प सुरक्षा दिवस, २०८० मनाउने भएको छ। बिहीबार २६ औं भूकम्प सुरक्षा दिवस प्रचारप्रसार समितिले काठमाडौंमा पत्रकार सम्मेलन गर्दै यस्तो जानकारी दिएको हो।

सरकारले माघ २ गते स्थानीय श्रोत र प्रविधि समेत प्रयोग गरौं,भूकम्प थेग्ने संरचना बनाऔं भन्ने मूल नारासहित दिवस मनाउन लागेको हो। वि.स. १९९० साल माघ २ गतेका दिन गएको महाभूकम्पको स्मृतिमा २०५५ सालदेखि सरकारले हरेक वर्ष माघ २ गते भूकम्प सुरक्षा दिवस मनाउँदै आएको छ।

विगतका वर्षको जस्तै यो वर्ष पनि सरकारले देशभर विभिन्न भूकम्पीय सचेतना कार्यक्रम गर्दै मनाउन लागिएको शहरी विकास तथा भवन निर्माण विभागका महानिर्देशक सुरेन्द्रमोहन श्रेष्ठले बताए। उनले २६ औं भूकम्प सुरक्षा दिवस समारोहमा प्रधानमन्त्री पुष्पकमल दाहालको उपस्थिति रहने बताए।

उनले नेपालको पश्चिम भागमा महशुस हुने भूकम्प करिब ५१७ वर्षदेखि नगएकाले सञ्चित ऊर्जाबाट ८ रेक्टरभन्दा ठूलो भूकम्प जानसक्ने सम्भवना रहेको वैज्ञानिकहरुले आँकलन गरिरहेको बताए।

उनले नेपालमा विभिन्न कालखण्डमा ठूलादेखि साना भूकम्पहरु २०७२ सालको गोर्खा, बझाङ, जाजरकोटमा गएको भूकम्पमा कमजोर घर संरचना भत्किँदा ठूलो जनधनको क्षति भएको बताए।

उनले नेपाल सरकारले जारी गरेको राष्ट्रिय भवन संहिता विशेष गरी स्थानीय तहहरुबाट हुने नक्सा पासमा अक्षरश: पालना हुँदा मात्रै सोचेको भूकम्प सुरक्षा सुनिश्चित गर्न सकिने बताए।

उनले कमजोर घर संरचनाहरूलाई सुरक्षित बनाउन प्रवलिकरण कार्य अगाडि बढाउन आवश्यक रहेको बताए।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP