काठमाडौं : परराष्ट्रमन्त्री नारायण प्रकाश साउदले शनिबार अष्ट्रेलियाको पर्थमा आयोजित सातौं हिन्द महासागर सम्मेलनलाई सम्बोधन गरेका छन्।
आफ्नो सम्बोधनमा मन्त्रीले अन्तर्राष्ट्रिय बजारमा नेपालका लागि हिन्द महासागरको महत्वलाई जोड दिँदै नेपालजस्ता भूपरिवेष्ठित मुलुकका लागि हिन्द महासागरको स्थायित्व र दिगोपनमा जोड दिए।
सम्बोधनका क्रममा उनले हिमालय र महासागरबीच अर्गानिक सम्बन्ध रहेको समेत बताए। साथै उनले समुन्द्र र हिमालको समस्यालाई एकीकृत र समग्र रूपमा समाधान गर्नुपर्नेमा समेत जोड दिए।
मन्त्री साउदले शुक्रबार राष्ट्रपतिका विशेष सहायक तथा संयुक्त राज्य अमेरिकाको राष्ट्रिय सुरक्षा परिषद्को दक्षिण एसियाका लागि वरिष्ठ निर्देशक सुश्री इलिन लाउबाचरसँग पनि भेट गरी आपसी हितका विषयमा छलफल गरेका थिए।
शनिबारै जापानका विदेश मामिलाका लागि संसदीय उपमन्त्री कोमुरा मासाहिरोसँग पनि मन्त्री साउदले भेटेका थिए। भेटका क्रममा नेपाल–जापान सम्बन्धका विविध पक्षमा छलफल भएको थियो।
अस्ट्रेलियामा रहँदा मन्त्री साउदले त्यहाँ रहेका नेपाली समुदायको हित र देशको आर्थिक हितका लागि नेपाली समुदायसँग अन्तरक्रिया पनि गरेका छन्।
राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…
प्रतिक्रिया