Trending
समाज खैरहनीमा बससँग ठोक्किँदा मोटरसाइकलमा सवार दुवै जनाको मृत्यु flash एमालेको जागरण अभियानमा जुटे विजयनगरका कार्यकर्ता flash शान्तिदीप आधारभूत विद्यालयमा व्यवस्थापन समिति गठन, अध्यक्षमा तिरथ काेरी flash कपिलवस्तुमा ब्राउन सुगरसहित तीन जना पक्राउ flash बारा सिमरा घटनाको विरोधमा चन्द्रौटामा शोक दीप प्रज्वलन flash डिजिटल प्रणालीतर्फ विजयनगर अस्पताल flash लाैटनराम द्राेपदी देवी माविमा चार कोठे विद्यालय भवनको शिलान्यास flash कृषि उत्पादन र आत्मनिर्भरतामा जोड, विजयनगरमा खाद्य सुरक्षा परियोजनाको अनुगमन flash जनज्योति माविमा नयाँ चार कोठे भवनको शिलान्यास flash हवाई फायर गरेर भागेका दुई लागुऔषध अफिम कारोबारी पक्राउ

दुर्गा प्रसाईंका राजनीतिक गतिविधिमा राप्रपा नेपालको समर्थन

काठमाडौँ : राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) नेपालका अध्यक्ष कमल थापाले व्यवसायी दुर्गा प्रसाईंका पछिल्लो गतिविधिलाई पार्टीले सकारात्मक रूपमा लिएको टिप्पणी गरेका छन्।

हिन्दु राष्ट्र र राजसंस्थाको पक्षमा आवाज उठाएकाले व्यवसायी प्रसाईंका पछिल्ला गतिविधिलाई आफूहरूले सकारात्मक रूपमा लिएको उनको भनाइ थियो। शनिवार जनकपुरका सञ्चारकर्मीहरूको जिज्ञासाको जवाफ दिने क्रममा अध्यक्ष थापाले आफ्नो पार्टीले संविधान र संसद्को मातहतमा रहने राजसंस्थाको परिकल्पना गरेको पनि स्पष्ट पारे।

उनले गणतन्त्रवादीहरूलाई पनि चित्त बुझ्ने खालको राजतन्त्र मुलुकमा हुनुपर्छ भन्ने मान्यतामा आफूहरू रहेको जिकिर गरे। अध्यक्ष थापाले राजसंस्था मुलुकमा कार्यकारी हुनुपर्छ भन्ने पक्षमा आफूहरू नरहेको बताए।

थापाले भने, ‘हिन्दु राष्ट्र र राजसंस्थाको पक्षमा आवाज उठाउनु भएको छ। त्यसलाई हामीले सकारात्मक रूपमा लिएका छौं। संविधान र संसद्को नियन्त्रणमा रहने राजसंस्थाको हामीले परिकल्पना गरेका हौं। हामीले परिकल्पना गरेको प्रजातान्त्रिक व्यवस्थामा राजादेखि माओवादी सबै अटाउन सक्छ। राजादेखि माओवादी सबै अटाउने मौलिक प्रजातन्त्रको कुरा हामीले गरेको हुनाले यो निरंकुश वा कार्यकारी हुने भन्ने त प्रश्नै आउँदैन।’

अध्यक्ष थापाले आफूहरूले राजादेखि माओवादीसम्म सबै अटाउने मौलिक खालको प्रजातान्त्रिक व्यवस्था कुरा गरेको पनि दोहोर्‍याए।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP