Trending
flash राधा कोरीको निधनमा एमाले विजयनगरद्वारा शोक तथा श्रद्धाञ्जली flash शिवराज साझेदारी वन उपभोक्ता समूहको आठौँ साधारणसभा  flash बहादुरगञ्जमा भदौ २० गते निःशुल्क आँखा शिविर हुँदै flash बाढी पीडितको उद्धारमा जुट्याे विजयनगर, १० लाख बढी सहयोग गर्ने प्रतिबद्धता flash उपाध्यक्ष चौधरी र वडाध्यक्ष मुसलमानको रास्वपा सदस्यता गोपनीयता भंग भन्दै छानबिन गर्न सभापतिको माग flash विजयनगरका उपाध्यक्ष चौधरी, वडा अध्यक्ष मुसलमानले रोजे रास्वपा flash लागूऔषधसहित कपिलवस्तुमा ६ जना पक्राउ समाज खैरहनीमा बससँग ठोक्किँदा मोटरसाइकलमा सवार दुवै जनाको मृत्यु flash एमालेको जागरण अभियानमा जुटे विजयनगरका कार्यकर्ता flash शान्तिदीप आधारभूत विद्यालयमा व्यवस्थापन समिति गठन, अध्यक्षमा तिरथ काेरी

कञ्चनपुरमा रहेका क्वारेन्टाइन र आइसोलेशन कक्ष भरिभराउ

कञ्चनपुर । विश्वव्यापी महामारीका रुपमा फैलिएको कोरोना भाइरस संक्रमणको जोखिम न्यूनीकरणका लागि कञ्चनपुरका स्थानीय तहहरुले स्थापना गरेका क्वारेन्टाइनहरु भरिभराउ भएका छन् । कञ्चनपुरका नौ वटै स्थानीय तहका १३७ स्थानमा रहेका क्वारेन्टाइनहरुमा ६ हजार १ सय ९४ शया रहेका छन् भने शनिबार बिहानसम्म ती क्वारेन्टाइनहरुमा ५ हजार ८ सय ९२ जना राखिएका छन् ।

स्थानीय तहहरुले थप क्वारेन्टाइन स्थापनाको तयारी गरेपनि आवश्यक स्रोतसाधनको अभाव, प्रतिकुल मौसम र स्थानीय नागरिकहरुको अवरोधले क्वारेन्टाइन स्थापनामा जटिलता देखिएको छ । यद्यपी स्थानीय तहका जनप्रतिनिधि र सरोकारवालाहरु भने छिट्टै समस्या समाधान हुने बताउँदै आएका छन् ।

त्यस्तै, कञ्चनपुरको महेन्द्रनगरमा रहेको महाकाली अस्पतालमा स्थापित आइसोलेशन कक्ष समेत भरिएको छ । जम्मा दश शयाको आइसोलेशन कक्षमा कोरोनाको आशंकामा भर्ना गरिएका बिरामीहरु भरिएपछि थप आशंकामा ल्याइने बिरामीहरुलाई राख्न समस्या भएको छ ।

कञ्चनपुरका विभिन्न स्थानीय तहहरुमा रहेका क्यारेन्टाइनमा बसेका मानिसहरुको आरडिटी विधिबाट परीक्षण गर्दा कोरोना पोजेटिभ आएपछि ६ जना र अन्य शंकाष्पद ४ जना गरी जम्मा १० जनालाई आइसोलेशनमा भर्ना गरिएको अस्पतालका कोभिड–१९ फोकल पर्सन डा. सरोज आचार्यले बताउनु भयो । कोरोनाको आशंका गरिएका अन्य बिरामीहरुलाई जिल्ला बाहिर पठाउनु पर्ने बाध्यता रहेको छ ।

यता, कञ्चनपुरकै बेलौरी र वेदकोट नगरपालिकाले पनि दुई महिना पहिले देखि नै आइसोलेशन कक्ष स्थापना गरेपनि त्यहाँ आवश्यक स्रोतसाधनको व्यवस्थापन गर्न सकिएको छैन । सुदूरपश्चिम प्रदेश सरकारको एक करोड रुपैयाँको लगानीमा महाकाली अस्पतालमा निर्माणाधीन ५० शैयाको कोरोना अस्पताल निर्माणमा पनि ढिलाइ भइरहेको छ ।

यही जेठ ७ गतेसम्म निर्माण गरी सक्ने सम्झौता भएपनि ठेकेदारको लापरवाहीले गर्दा निर्माण कार्य अहिलेसम्म अधुरै रहेको छ । भारत तथा तेस्रो मुलुकबाट हालै कञ्चनपुरमा मात्रै ११ हजार ५ सय २३ जना भित्रिएका छन् । हालसम्म कञ्चनपुरमा २ हजार ८ सय ९९ जनाको आरडिटी र ५ सय ९७ जनाको मात्रै स्वाब परीक्षण गरिएको छ ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP