Trending
flash राधा कोरीको निधनमा एमाले विजयनगरद्वारा शोक तथा श्रद्धाञ्जली flash शिवराज साझेदारी वन उपभोक्ता समूहको आठौँ साधारणसभा  flash बहादुरगञ्जमा भदौ २० गते निःशुल्क आँखा शिविर हुँदै flash बाढी पीडितको उद्धारमा जुट्याे विजयनगर, १० लाख बढी सहयोग गर्ने प्रतिबद्धता flash उपाध्यक्ष चौधरी र वडाध्यक्ष मुसलमानको रास्वपा सदस्यता गोपनीयता भंग भन्दै छानबिन गर्न सभापतिको माग flash विजयनगरका उपाध्यक्ष चौधरी, वडा अध्यक्ष मुसलमानले रोजे रास्वपा flash लागूऔषधसहित कपिलवस्तुमा ६ जना पक्राउ समाज खैरहनीमा बससँग ठोक्किँदा मोटरसाइकलमा सवार दुवै जनाको मृत्यु flash एमालेको जागरण अभियानमा जुटे विजयनगरका कार्यकर्ता flash शान्तिदीप आधारभूत विद्यालयमा व्यवस्थापन समिति गठन, अध्यक्षमा तिरथ काेरी

उसुको थाउलो विश्वकपमा नेपाललाई ऐतिहासिक सफलता

काठमाडौं : जापानमा जारी उसुको तेस्रो थाउलो विश्वकप २०२४ मा नेपालले कास्य पदक हात पारेको छ।

थाउलोको पुरुष जेन्सु विधामा नेपालका विजय सिंजालीले ऐतिहासिक कास्य पदक जित्न सफल भएका हुन्। आइतबार बिहान सम्पन्न प्रतिस्पर्धामा उनले ९.६३६ अंक प्राप्त गर्दै कास्य पदक हात पारेका हुन्। विजयले अमेरिका, मेक्सिको , मकाउ, इण्डोनेसिया, युक्रेन र ग्रेट ब्रिटेनका खेलाडीलाई हराए।

स्पर्धामा मलेसियाका वेन सन वङले स्वर्ण तथा जापानका मोटो योसीले रजत पदक जिते। स्वर्णधारी वेनले ९.७७३ र जापानका मोटोले ९.७६६ अंक प्राप्त गरे।

१८ औँ र १९औँ एसियन गेम्स सहभागी विजय सिंजालीले अन्तर्राष्ट्रिय आमन्त्रित उसु प्रतियोगितामा कास्य पदक जितेका थिए। १३ औँ सागमा स्वर्ण पदक र १० औ राष्ट्रिय गेम्समा स्वर्ण पदक जितेका उनले रियादमा भएको वर्ल्ड उसु कमब्याट गेम्समा पनि स्वर्ण पदक जितेका छन् ।

जपानमा रहेका नेपाल उसु महासंघका महासचिव ल्हाक्पा छिरिङ लामाले नेपालले ल्याएको कास्यपदक उसु खेलको इतिहासमै ऐतिहाँसिक भएको बताए । उनले यो नतिजाले २०२६ मा जापानमा हुने ऐशियाली खेलकुदका लागि राम्रो परिणाम दिने प्रतिक्रिया दिए ।

टोकियोस्थित योकोहा शहरमा कात्तिक ७ मा शुरु प्रतियोगितामा सहभागी पाँचमध्ये तीन खेलाडीको आजै प्रतिस्पर्धा छ । खेलाडीहरु दीपक हमाल, पासाङ शेर्पा र राजिव तामाङले आइतबारै प्रतिस्पर्धा गर्नेछन्।

शनिबार महिला नान्डोको प्रतिस्पर्धामा नेपाली खेलाडी निमा घर्तीमगरले ५ औँ स्थान ल्याइन्। दक्षिण एसियाबाट छनोट भएर नेपाली खेलाडी मात्र सो विश्वकपमा प्रतिस्पर्धा गरिरहेका छन्। अन्य कुनै पनि दक्षिण एशियाली राष्ट्रले यो विधामा प्रतिस्पर्धा गर्ने छैनन्।

जापानमा रहेको टोलीमा महासंघका महासचिव ल्हाक्पा टोली व्यवस्थापक र निकेश श्रेष्ठ अन्तर्राष्ट्रिय प्रशिक्षक छन्।

विश्वकपमा सहभागी हुने खेलाडी गएको अप्रिलमा चीनमा भएको अन्तर्राष्ट्रिय आमन्त्रित उसु प्रतियोगिताबाट छनोट भएका थिए भने केही खेलाडीले वाइल्ड कार्डमार्फत प्रतियोगितामा स्थान पक्का गरेका हुन्।

यसैगरी अर्को महिना सान्सौँ विधाको विश्वकप अष्ट्रेलियामा हुँदैछ, जसमा पुरुष ८० केजी तौल समूहमा सञ्जीव महर्जन र महिला ५६ केजी तौल समूहमा विद्या गुरुङले प्रतिस्पर्धा गर्ने प्रशिक्षक श्रेष्ठले जानकारी दिए।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP