Trending
flash राधा कोरीको निधनमा एमाले विजयनगरद्वारा शोक तथा श्रद्धाञ्जली flash शिवराज साझेदारी वन उपभोक्ता समूहको आठौँ साधारणसभा  flash बहादुरगञ्जमा भदौ २० गते निःशुल्क आँखा शिविर हुँदै flash बाढी पीडितको उद्धारमा जुट्याे विजयनगर, १० लाख बढी सहयोग गर्ने प्रतिबद्धता flash उपाध्यक्ष चौधरी र वडाध्यक्ष मुसलमानको रास्वपा सदस्यता गोपनीयता भंग भन्दै छानबिन गर्न सभापतिको माग flash विजयनगरका उपाध्यक्ष चौधरी, वडा अध्यक्ष मुसलमानले रोजे रास्वपा flash लागूऔषधसहित कपिलवस्तुमा ६ जना पक्राउ समाज खैरहनीमा बससँग ठोक्किँदा मोटरसाइकलमा सवार दुवै जनाको मृत्यु flash एमालेको जागरण अभियानमा जुटे विजयनगरका कार्यकर्ता flash शान्तिदीप आधारभूत विद्यालयमा व्यवस्थापन समिति गठन, अध्यक्षमा तिरथ काेरी

विश्वकप लिग–२ क्रिकेटमा कमजोर प्रदर्शनबाट गुज्रिएको नेपाल

 

काठमाडौं : आईसीसी विश्वकप लिग–२ क्रिकेटमा नेपालले कमजोर प्रदर्शन गर्दै आएको छ। खेलेका एकपछि अर्को खेलमा नेपालले पराजय भोगिरहेको छ। पछिल्ला ५ म्याचमा कुनै पनि खेलमा नेपालले जित बटुल्न सकेको छैन।

प्रतियोगिता अन्तर्गत गत फेब्रुअरीमा नेपालमै भएको ४ म्याच र गत सेप्टेम्बरमा क्यानडामा भएका ४ म्याचमा गरी जम्मा एउटा खेल मात्र नेपालले जितेको छ।

घरेलु मैदानमा गत फेब्रुअरीमा नेपालले नामिबिया र नेदरल्याण्ड्ससँग २–२ खेल खेलेको थियो। जसमा नेपालले नामिबियासँग दुबै खेल हार्‍यो भने नेदरल्याण्ड्ससँग १ खेल जितेर १ खेल हार्न पुग्यो।

नमिबियासँग पहिलो खेलमा ४ विकेट र दोस्रो खेलमा २ विकेटले हारेको नेपालले नेदल्याण्ड्सलाई पहिलो खेलमा २ सय ८ बल बाँकी छँदै ९ विकेटले हराएको थियो भने अर्को खेलमा ८ विकेटको हार भोग्यो।

सेप्टेम्बरमा क्यानडामा भएको टुरमा क्यानडासँग पहिलो खेलमा १ सय ३ रनले तथा दोस्रो खेलमा ५ विकेटले नेपाल पराजित भयो। सोही टुरमा ओमानसँगको एउटा खेल स्थगित भएर नतिजाविहीन हुँदै दुबैले १–१ अंक बाँडे भने अर्को खेलमा नेपाल १ बल बाँकी छँदा मात्र १ रनले पराजित हुन पुग्यो।

अहिले अमेरिकामा ४ मध्ये एउटा खेल सकिएको छ भने दोस्रो खेलमा मंगलबार (आज) नेपालले स्कटल्याण्डसँग खेल्दैछ। अमेरिकाको घरेलु मैदान डालासमा आइतबार राति नेपाल अमेरिकासँग ३ विकेटले पराजित भएको हो। यो हार जारी प्रतियोगितामा नेपालको सातौँ हो।

नेपालले अघिल्लो संस्करणको पनि सुरुमा खराब प्रदर्शन नै गरेको थियो। कुल ३६ खेलमा सुरुवाती २४ खेल सकिँदा नेपाल ७ वटा राष्ट्रमध्ये पपुवा न्युगिनीभन्दा मात्र माथि थियो। तर अन्तिम १२ खेलमा ११ वटा खेल जित्दै ठूलो छलाङ मार्दै नेपालले युएई , अमेरिका र नामिबियालाई पछि पारेको थियो। त्यत्तिबेला नेपाल ४० अंक सहित तेस्रो हुँदा नेपालभन्दा माथि स्कटल्याण्ड र ओमान रहेका थिए।

दोस्रो जितको खोजीमा

प्रतियोगिताको १० औँ खेलमा मंगलबार राती अमेरिकाको डालासस्थित ग्राण्ड प्राइरी रंगशालामा स्कटल्याण्डसँग प्रतिस्पर्धा गर्दा नेपाल दोस्रो जितको खोजीमा हुनेछ।

नेपालले पछिल्ला ५ म्याचमा कुनै जित बटुल्न नसक्दा स्कटल्याण्डले भने पछिल्ला ४ खेल लगातार जितेको छ। स्कटल्याण्डले गत जुलाईमा नामिबियालाई २ पटक र ओमानलाई एक पटक हराएको छ। अमेरिका टुरमा अमेरिकालाई नै स्कटल्याण्डले यसै साता मात्र १० विकेटले पाखा लगाएको छ।

स्कटल्याण्डका ब्याटर एचजी मुसे र आरडि वेरिङटनलाई रोकेर स्कटीस बलर बिजे कुरी र एम म्याकमुक्नेको बललाई समाना गर्न सके नेपालका निम्ती २ अंक पाउन कठिन हुने छैन।

यसैगरी नेपाली ओपनरले राम्रो पार्टनरसीप बनाएर खेलेमा सुरुमै स्कटल्याण्ड दबाबमा पर्न सक्छ। डालासमा ओपनर ब्याटर कुशल भुर्तेल बलिङमा जम्न थालेका छन्। उनले अमेरिकाविरुद्ध ४ विकेट लिए।

उनले ६ ओभर बलिङ गरेर २३ रन खर्चेर ४ विकेट लिएका हुन्। कप्तान रोहित पौडेल पनि सोही खेलमा शतक हान्नबाट ४ रनले मात्र चुके। ७५ बलमा ८ चौका र ३ छक्कासहित ९६ रन बनाएका उनी नेत्रभाल्करद्वारा आउट भएका थिए। नेपाली ओपनर अनिल साह ५६ रन तथा आसिफ शेख ५२ रनमा आउट भए।

९ खेलको समाप्तिमा नेपालले मात्र ३ अंक जोडेको छ। नेपालले १ खेल जित्दा ७ वटा खेल हारेको छ। १ खेल अनिर्णित छ।नेपाल ७ औँ स्थानमा रहेको छ। नेपालले नेदरल्याण्ड्सलाई ९ विकेट हराउन बाहेक खेलेका सबै खेलमा पराजय बेहोरेको छ। ओमानसँगको खेल रद्द भएर १–१ अंक नेपाल र ओमान दुबैले बाँडेका थिए।

१२ खेलमा १६ अंकसहित क्यानडा पहिलो स्थानमा छ भने अमेरिका १० खेलमा १४ अंकसहित दोस्रो स्थानमा छ। ८ खेलबाट नेदरल्याण्ड्सले १२ अंक जोडेको छ भने समान खेलबाट स्कटल्याण्डले ११ अंक जोडेको छ।

१२ खेलबाट नामिबियाले १० अंक बनाउँदा ओमानले ८ खेलबाट ६ अंक बनाएको छ। पुछारमा रहेको युएईको ७ खेलबाट मात्र २ अंक छ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP