Trending
flash राधा कोरीको निधनमा एमाले विजयनगरद्वारा शोक तथा श्रद्धाञ्जली flash शिवराज साझेदारी वन उपभोक्ता समूहको आठौँ साधारणसभा  flash बहादुरगञ्जमा भदौ २० गते निःशुल्क आँखा शिविर हुँदै flash बाढी पीडितको उद्धारमा जुट्याे विजयनगर, १० लाख बढी सहयोग गर्ने प्रतिबद्धता flash उपाध्यक्ष चौधरी र वडाध्यक्ष मुसलमानको रास्वपा सदस्यता गोपनीयता भंग भन्दै छानबिन गर्न सभापतिको माग flash विजयनगरका उपाध्यक्ष चौधरी, वडा अध्यक्ष मुसलमानले रोजे रास्वपा flash लागूऔषधसहित कपिलवस्तुमा ६ जना पक्राउ समाज खैरहनीमा बससँग ठोक्किँदा मोटरसाइकलमा सवार दुवै जनाको मृत्यु flash एमालेको जागरण अभियानमा जुटे विजयनगरका कार्यकर्ता flash शान्तिदीप आधारभूत विद्यालयमा व्यवस्थापन समिति गठन, अध्यक्षमा तिरथ काेरी

खेलाडी विदेश पलायन भए : खेलकुदमन्त्री चौधरी

 

काठमाडौँ : युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरीले खेलाडीहरूको विदेश पलायन रोक्न जरुरी रहेको बताएका छन्।

नेपाल आँखा अस्पतालको साधारणसभालाई काठमाडौँमा सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्। उनले अन्ताराष्ट्रियस्तरका प्रतियोगिता खेलिसकेका खेलाडीहरूलाई सरकारले रोजगारी र स्वास्थ्यमा सुविधा दिन नसकेको बताए।

उनले खेलाडीको स्वास्थ्य बिमा पनि राम्रोसँग गर्न सकेको भन्दै सरकार त्यसतर्फ लागिपरेको बताए। उनले एक हप्ताअघि मात्रै भलिबल खेलाडी सरस्वती चौधरी अष्ट्रेलिया पलायन भएको र एक महिनाअघि पुरुष राष्ट्रिय भलिबलका कप्तान मानबहादुर श्रेष्ठ अष्ट्रेलिया पलायन भएको जानकारी दिए।

श्रेष्ठ संन्यास लिएर पलायन भएका हुन्। खेलाडीहरूलाई आँखाको उपचारमा नेपाल आँखा अस्पतालले सहयोग गरे राम्रो हुने बताए।

मन्त्री चौधरीले भने‚ ‘अन्ताराष्ट्रिय स्तरका प्रतियोगिता खेलिसकेका खेलाडीलाई हामीले न रोजगारी दिन सकेका छौँ न त स्वास्थ्य सुविधा दिन सकेका छौँ। उहाँहरूको बिमा पनि गर्न सकेका छैनौँ। हाम्रा धेरै खेलाडी अहिले विदेश पलायन भइरहेका छन्। काभामा उत्कृष्ट नतिजा निकालेकी सरस्वती चौधरी एक हप्ताअघि अष्ट्रेलिया पुगिसकेकी छन्।’

मन्त्री चौधरीले आँखाको रोग लाग्न नदिन पनि प्रचारप्रसार गर्न आग्रह गरे।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP