Trending
flash राधा कोरीको निधनमा एमाले विजयनगरद्वारा शोक तथा श्रद्धाञ्जली flash शिवराज साझेदारी वन उपभोक्ता समूहको आठौँ साधारणसभा  flash बहादुरगञ्जमा भदौ २० गते निःशुल्क आँखा शिविर हुँदै flash बाढी पीडितको उद्धारमा जुट्याे विजयनगर, १० लाख बढी सहयोग गर्ने प्रतिबद्धता flash उपाध्यक्ष चौधरी र वडाध्यक्ष मुसलमानको रास्वपा सदस्यता गोपनीयता भंग भन्दै छानबिन गर्न सभापतिको माग flash विजयनगरका उपाध्यक्ष चौधरी, वडा अध्यक्ष मुसलमानले रोजे रास्वपा flash लागूऔषधसहित कपिलवस्तुमा ६ जना पक्राउ समाज खैरहनीमा बससँग ठोक्किँदा मोटरसाइकलमा सवार दुवै जनाको मृत्यु flash एमालेको जागरण अभियानमा जुटे विजयनगरका कार्यकर्ता flash शान्तिदीप आधारभूत विद्यालयमा व्यवस्थापन समिति गठन, अध्यक्षमा तिरथ काेरी

कर्णाली याक्सले जनकपुर बोल्ट्सलाई दियो ११९ रनको लक्ष्य

काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको दोस्रो ‘क्वालिफायर’ खेलमा कर्णाली याक्सले जनकपुर बोल्ट्सलाई जितका लागि एक सय १९ रनको लक्ष्य दिएको छ ।
कीर्तिपुरस्थित अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस हारी पहिले ब्याटिङ गर्ने निम्तो पाएको कर्णाली याक्सले निर्धारित २० ओभरमा नौ विकेट गुमाएर एक सय १८ रन बनाएको हो । कर्णाली याक्स बुधबार खेलिएको ‘एलिमिनेटर’ खेलमा बलियो प्रतिद्वन्द्वी चितवन राइनोजलाई २१ रनले हराउँदै दोस्रो ‘क्वालिफायर’ मा प्रवेश गरेको हो ।

जनकपुर बोल्ट्स भने बुधबार नै खेलिएको पहिलो ‘क्वालिफायर’ खेलमा सुदूरपश्चिम रोयल्ससँग आठ विकेटले पराजित भएपछि दोस्रो ‘क्वालिफायर’ खेल्न बाध्य भएको हो ।

दोस्रो ‘क्वालिफायर’ खेलमा विजयी हुने टोलीले फाइनलमा उपाधिका लागि पहिलो ‘क्वालिफायर’ को विजेता सुदूरपश्चिमसँग भिडन्त गर्नेछ ।

जनकपुर बोल्ट्सविरुद्धको खेलमा कर्णाली याक्सका माथिल्लो क्रमका ब्याट्सम्यानले खासै गतिलो प्रदर्शन गर्न सकेनन् । ओपनर देव खनालले २४ रन बनाए ।देवले २० बलमा एक छक्का र तीन चौका पनि हिर्काए । अघिल्लो खेलमा अर्धशतकीय पाली खेलेका अर्का ओपनर जयकिशन कोल्सावाला भने एक रनको व्यक्तिगत स्कोरमा पभेलियन फर्किए ।

 

तेस्रो नम्बरका ब्याट्सम्यान जिसन मक्सुद पनि १२ रनभन्दा अगाडि बढ्न सकेनन् । उनले ११ बलमा दुई चौका हिर्काए । चौथो नम्बरका ब्याट्सम्यान विलियम बोसिस्टो पनि १४ रनमै पभेलियन फर्किए ।

 

बोसिस्टोले १५ बलमा एक चौका प्रहार गरे । विकेटकिपर ब्याट्सम्यान चाडविक वाल्टन पनि १३ बलमा एक चौकाको मद्दतले ११ रन बनाउँदै आउट भए ।

छैटौँ नम्बरमा क्रिज समाल्न आएका अलराउन्डर गुलसन झाले टोलीको खातामा २५ रनको योगदान गरे । आक्रामक रूपमा प्रस्तुत भएका गुलसनले केवल २० बलमा दुई छक्का र एक चौका हिर्काए ।

 

गुलसन दुर्भाग्यपूर्ण तरिकाले आउट हुँदै मैदानबाट बाहिरिएका थिए । जनकपुर बोल्ट्सका बलर मोहम्मद मोहसिनले फालेको बल गुलसनको ब्याटमा लागेर विकेटमा ठोक्किन पुगेको थियो ।

अर्जुन घर्ती दुई र कप्तान सोमपाल कामी पाँच रन बनाउँदै पभेलियन फर्किए । १०औँ नम्बरका ब्याट्सम्यान युनिस ठकुरीले भने टोलीको खातामा १२ रन थपे । उनले १७ बलमा दुई चौका हिर्काए ।

 

नन्दन यादव चार रनमा अविजित रहे । जनकपुर बोल्ट्सका बलर मोहम्मद मोहसिन, ललित राजवंशी र जेम्स निसमले दुई–दुई विकेट लिए । हर्ष थाकेर र शेर मल्लले पनि एक–एक विकेट लिए ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP