Trending
flash राधा कोरीको निधनमा एमाले विजयनगरद्वारा शोक तथा श्रद्धाञ्जली flash शिवराज साझेदारी वन उपभोक्ता समूहको आठौँ साधारणसभा  flash बहादुरगञ्जमा भदौ २० गते निःशुल्क आँखा शिविर हुँदै flash बाढी पीडितको उद्धारमा जुट्याे विजयनगर, १० लाख बढी सहयोग गर्ने प्रतिबद्धता flash उपाध्यक्ष चौधरी र वडाध्यक्ष मुसलमानको रास्वपा सदस्यता गोपनीयता भंग भन्दै छानबिन गर्न सभापतिको माग flash विजयनगरका उपाध्यक्ष चौधरी, वडा अध्यक्ष मुसलमानले रोजे रास्वपा flash लागूऔषधसहित कपिलवस्तुमा ६ जना पक्राउ समाज खैरहनीमा बससँग ठोक्किँदा मोटरसाइकलमा सवार दुवै जनाको मृत्यु flash एमालेको जागरण अभियानमा जुटे विजयनगरका कार्यकर्ता flash शान्तिदीप आधारभूत विद्यालयमा व्यवस्थापन समिति गठन, अध्यक्षमा तिरथ काेरी

चीनबाट १२४ अर्बको सामान आयात हुँदा, १५ करोडको मात्रै निर्यात

 

रसुवा : नेपालको उत्तरी नाका रसुवागढीबाट चालु आवको साउनदेखि मङ्सिर मसान्तसम्मको पाँच महिनाको अवधिमा आयात भएका मालसमानको मूल्य सार्वजनिक गरिएको छ।

चालु आर्थिक वर्षको साउनदेखि मङ्सिर मसान्तसम्म कुल एक सय २४ अर्ब ४२ करोड मूल्य बराबरको तयारी कपडा, विद्युतीय सामग्री, विद्युतीय सवारी साधन, जुत्ता, चप्पल, लसुन, स्याउ, ओखर, जस्ता वस्तु आयात भएको रसुवा भन्सार कार्यालय टिमुरेका प्रमुख भन्सार अधिकृत तुल्सीप्रसाद भट्टराईले जानकारी दिए।

यस्तै उनी गलैँचा, बक्रम कपडा, तयारी कपडा जडीबुटी, अगरबत्ती समेत १५ करोड बराबरको विविध सामग्री निर्यात भएको प्रमुख भट्टराईले बताए। आयात सामग्रीको नियमानुसार मूल्याङ्कनबाट १२ अर्ब ४७ करोड राजस्व दाखिला भइसकेको र आयात मालसामान बोकी भन्सार हातामा प्रवेश गरिसकेका करिब दुई सय कन्टेनरको धमाधम मूल्याङ्कन कार्य अगाडि बढिरहेको बताइएको छ।

केरुङबाट आयात भएका सामग्री बोकेका ट्रक सिधै भन्सार हातामा आउने र क्रमिक रूपले कुन कन्टेनर पहिला आएको छ लामबद्ध तवरले परीक्षण एवं जाँचपास गरिँदै आएको भन्सार कार्यालयले जनाएको छ।

यस्तै, मितेरी पुल नजिक रसुवागढीमा निर्माणाधीन एकीकृत भन्सार भवन ठेकेदार कम्पनीबाट काम ढिला हुँदै गएको छ।

भवन विभागमार्फत सात वर्ष अगाडिबाट निर्माण सुरु भएको भवन निर्माणको काम सुस्त गतिमा अगाडि बढिरहेको छ। उता चीन सरकारको सहयोगमा टिमुरेमा निर्माणाधीन अर्को छुट्टै भन्सार कार्यालय भवन भने करिब ८० प्रतिशत पूरा भइसकेको प्राविधिकले बताएका छन्।

चीनबाट आयात भएका सवारी साधन व्यवस्थित पार्किङ नहुँदा घामपानी र शीतका कारण पोलिसको बाहिरी भाग बिग्रने सम्भावना बढेको देखिएको तथा लामो समयको पार्किङपछि मालधनीले काठमाडौँमा पु¥याई बिक्री गर्दा चाँडै रङ्ग उप्कीइ त्यसको असर उपभोक्तालाई पर्ने सवारी चालकहरूले बताएका छन्।

आयात भएका मालसमान बोक्ने कन्टेनर गुडाउन राजमार्गको असहजता निकै बढेको छ। सडक कार्यालयको पहुँच नपुग्दा मर्मत हुन नसकी बढी खाल्डाखुल्डी परेको याङयाङ, स्याफ्रुबेँसी, रसुवागढीका भूभागमा ठूलो समस्या परेको चालकहरूको भनाइ छ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP