Trending
flash राधा कोरीको निधनमा एमाले विजयनगरद्वारा शोक तथा श्रद्धाञ्जली flash शिवराज साझेदारी वन उपभोक्ता समूहको आठौँ साधारणसभा  flash बहादुरगञ्जमा भदौ २० गते निःशुल्क आँखा शिविर हुँदै flash बाढी पीडितको उद्धारमा जुट्याे विजयनगर, १० लाख बढी सहयोग गर्ने प्रतिबद्धता flash उपाध्यक्ष चौधरी र वडाध्यक्ष मुसलमानको रास्वपा सदस्यता गोपनीयता भंग भन्दै छानबिन गर्न सभापतिको माग flash विजयनगरका उपाध्यक्ष चौधरी, वडा अध्यक्ष मुसलमानले रोजे रास्वपा flash लागूऔषधसहित कपिलवस्तुमा ६ जना पक्राउ समाज खैरहनीमा बससँग ठोक्किँदा मोटरसाइकलमा सवार दुवै जनाको मृत्यु flash एमालेको जागरण अभियानमा जुटे विजयनगरका कार्यकर्ता flash शान्तिदीप आधारभूत विद्यालयमा व्यवस्थापन समिति गठन, अध्यक्षमा तिरथ काेरी

यू–१९ महिला विश्वकप : डेब्यू खेलमा नेपाल ५२ रनमा समेटियो

 

काठमाडौं : आइसीसी यू–१९ महिला टी २० विश्वकप क्रिकेट प्रतियोगिता अन्तर्गत बंगलादेशविरुद्धको डेब्यू खेलमा नेपाल ५२ रनमै समेटिएको छ।

मलेसियाको बांगीमा टस हारेर पहिला ब्याटिङमा तानिएको नेपाल १८.२ ओभरमा अलआउट हुँदै ५२ रन जोडेको हो।

नेपालका लागि सना प्रविनले सर्वाधिक १९ रन बनाइन्। सिमाना केसीले १० रन बनाउनुबाहेक अरू खेलाडीले दोहोरो अंकमा रहन बनाउन सकेनन्।

एलिसा यादव ४, तिर्सना विश्वकर्मा र रचना चौधरी ३, कप्तान पूजा महतो २ , किरण कुँवर र सावित्री धामी १/१ रनमा आउट भए।

अनु कडायत र सोनी पाख्रिन शून्यमा पभेलियन फर्किए। रिया शर्मा ५ रनमा अविजित रहिन्। अब केहीबेरमा बंगलादेशले जवाफी ब्याटिङ सुरु गर्नेछ।

गत डिसेम्बरमा मलेसियामै भएको यू–१९ एसिया कपमा नेपाल बंगलादेशसँग नै हारेको थियो। विश्वकपमा नेपालसहित १६ राष्ट्रको सहभागिता छ।

दोस्रो संस्करणसम्म आइपुग्दा पहिलो पटक खेल्न लागेको नेपाल समूह ‘डी’मा परेको छ। ​बंगलादेशसँगै भारत र स्कटल्याण्ड पनि नेपालकै समूहमा छन्।

नेपालले माघ ७ गते स्कटल्याण्डसँग र माघ ९ गते अष्ट्रेलियासँग खेल्नेछ। अष्ट्रेलिया र बंगलादेश दुबै नेपाल भन्दा बलिया टिम हन्।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP