Trending
flash राधा कोरीको निधनमा एमाले विजयनगरद्वारा शोक तथा श्रद्धाञ्जली flash शिवराज साझेदारी वन उपभोक्ता समूहको आठौँ साधारणसभा  flash बहादुरगञ्जमा भदौ २० गते निःशुल्क आँखा शिविर हुँदै flash बाढी पीडितको उद्धारमा जुट्याे विजयनगर, १० लाख बढी सहयोग गर्ने प्रतिबद्धता flash उपाध्यक्ष चौधरी र वडाध्यक्ष मुसलमानको रास्वपा सदस्यता गोपनीयता भंग भन्दै छानबिन गर्न सभापतिको माग flash विजयनगरका उपाध्यक्ष चौधरी, वडा अध्यक्ष मुसलमानले रोजे रास्वपा flash लागूऔषधसहित कपिलवस्तुमा ६ जना पक्राउ समाज खैरहनीमा बससँग ठोक्किँदा मोटरसाइकलमा सवार दुवै जनाको मृत्यु flash एमालेको जागरण अभियानमा जुटे विजयनगरका कार्यकर्ता flash शान्तिदीप आधारभूत विद्यालयमा व्यवस्थापन समिति गठन, अध्यक्षमा तिरथ काेरी

दशौँ राष्ट्रिय खेलकुद गराउन सुविधासम्पन्न रंगशाला निर्माण

 

काठमाडौँ : दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिता आयोजना गर्नका लागि कर्णाली प्रदेशको राजधानी सुर्खेतको वीरेन्द्रनगरमा सुविधासम्पन्न रंगशाला निर्माण गरिएको छ।

१० हजार दर्शक क्षमताको पाराफिटसहित फुटबल मैदान र एथ्लेटिक्सका खेल एकसाथ सञ्चालन गर्न सकिने गरी संरचना निर्माण गरिएको हो। २०७८ मंसिर २० गते तत्कालीन मुख्यमन्त्री जीवनबहादुर शाहीले शिलान्यास गरेको यो आयोजना तीन वर्षको अवधिमा लगभग शतप्रतिशत काम सकिएको छ। रंगरोगनका केही काम पनि माघ महिनामै सम्पन्न गरी निर्माण व्यवसायीले कर्णाली प्रदेश सरकारलाई हस्तान्तरण गर्ने तयारी गरेको छ।

यो आयोजनाका लागि कर्णाली प्रदेश सरकारले कुल १ अर्ब ५९ करोड ४७ लाख ४७ हजार (भ्याटसहित) बजेटमा ठेक्का सम्झौता गरेको थियो। निर्माण जिम्मा पाएको एमएसी/जिएसएल जेभीले २०८१ जेठ ११ गते निर्माण सम्पन्न गरिसक्नुपर्ने थियो तर कोरोना महामारीका कारण लामो समयसम्म लामो समयसम्म चिनियाँ नाका नखुलेका कारण सामान ढुवानीमा समस्या भएकाले ७ महिना ढिलो हुन पुगेको निर्माण पक्षले जनाएको छ। यद्यपि आसन्न दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि संरचना निर्माणको सम्पूर्ण कार्य सम्पन्न गरिसकिएको निर्माण पक्षका प्राविधिक पुरुषोत्तम बरालले बताए।

भिआईपी पाराफिटतर्फ माथिबाट आकर्षक टनेल लगाइएको छ। रंगशाला भित्रिन र बाहिरिन १२ वटा साना तथा ठूला गेट बनाइएका छन्। भिआईपी पाराफिट मुनिका दुई तला अफिसियल काम र खेलाडीका लागि पर्याप्त हल निर्माण गरिएका छन्। मुख्य रंगशालाको बाहिरपट्टि भलिबल कोर्ट, बास्केटबल, स्वीमिङ कोर्ट तयार भइसकेका छन्। छेउ छेउमा दुई ठूला कभर्ड हल बनाइएका छन्। यहाँ एक साथ १२ वटा खेल खेलाउन सकिने प्राविधिक बरालको भनाइ छ।

कर्णालीको परिचयकै रूपमा रहेको पञ्चदेवल आकृतिमा हरेक गेटमा निर्माण गरिएको छ। करिव ९ बिघा जमिनमा बनाइएको रंगशाला देशकै लागि नमूनायोग्य खेल संरचना भएको कर्णाली खेलकुद विकास परिषद्को दाबी छ। परिषद्का सदस्यसचिव विश्वामित्र सञ्ज्यालले आफूहरू दशौँ राष्ट्रिय खेलकुदका लागि संरचनाका हिसाबले पूर्ण तयारी अवस्थामा रहेको बताए।​

राष्ट्रियस्तरको सुविधायुक्त रंगाशाला निर्माण भएपछि स्थानीयमा खुशीयाली छाएको छ। अब वीरेन्द्रनगरको व्यापार व्यवसाय फस्टाउने र नगरको अरू पूर्वाधार विकास बढेर जाने जानकार बताउँछन्।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP