Trending
flash राधा कोरीको निधनमा एमाले विजयनगरद्वारा शोक तथा श्रद्धाञ्जली flash शिवराज साझेदारी वन उपभोक्ता समूहको आठौँ साधारणसभा  flash बहादुरगञ्जमा भदौ २० गते निःशुल्क आँखा शिविर हुँदै flash बाढी पीडितको उद्धारमा जुट्याे विजयनगर, १० लाख बढी सहयोग गर्ने प्रतिबद्धता flash उपाध्यक्ष चौधरी र वडाध्यक्ष मुसलमानको रास्वपा सदस्यता गोपनीयता भंग भन्दै छानबिन गर्न सभापतिको माग flash विजयनगरका उपाध्यक्ष चौधरी, वडा अध्यक्ष मुसलमानले रोजे रास्वपा flash लागूऔषधसहित कपिलवस्तुमा ६ जना पक्राउ समाज खैरहनीमा बससँग ठोक्किँदा मोटरसाइकलमा सवार दुवै जनाको मृत्यु flash एमालेको जागरण अभियानमा जुटे विजयनगरका कार्यकर्ता flash शान्तिदीप आधारभूत विद्यालयमा व्यवस्थापन समिति गठन, अध्यक्षमा तिरथ काेरी

त्रिकोणात्मक श्रृंखला : नेदरल्याण्ड्ससँग नेपाल २० रनले पराजित

 

काठमाडौं : महिला टी–ट्वेन्टी आई त्रिकोणात्मक क्रिकेट श्रृंखलाको पहिलो खेलमा नेपाल नेदरल्याण्ड्ससँग २० रनले पराजित भएको छ ।

बिहीबार नेदरल्याण्ड्सले दिएको १ सय ५८ रनको चुनौती पछ्याएको नेपालले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १ सय ३७ रन मात्र बनाउन सक्यो।

नेपालका लागि सिता राना मगरले २८, कविता जोशीले २७, पूजा महतोले २४, रुविना क्षेत्रीले ११ रन बनाउँदा अरूले दोहोरो अंकको रन बनाउन सकेनन्। सम्झना खड्काले ९, कप्तान इन्दु बर्माले ७, कविता कुँवरले ८ रन बनाउँदा एलिसा यादव ४ र विन्दु रावल ३ रनमा अविजित रहे।

यसअघि त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा टस हारेर पहिला ब्याटिङमा आएको नेदरल्याण्ड्सले पूरा २० ओभर खेल्दै ४ विकेट गुमाएर १ सय ५७ रन बनाएको थियो। उसका लागि रोबिनी रिज्केले अविजित ५९ रनको योगदान गरिन्। आइरिस ज्वीलिङ पनि ३१ रनमा नटआउट रहिन्। स्टेयर कालिसले २९ र हिथर साइगर्सले २३ रन जोडिन्।

नेपालकी सिता रानामागर, ईश्वरी विष्ट, पूजा महतो र कविता कुँवरले एक एक विकेट लिए। नेपाल क्रिकेट संघ क्यानको आयोजनामा नेपाल, नेदरल्याण्ड्स र थाइल्याण्ड सम्मिलित त्रिकोणात्मक सिरिज सुरु भएको हो।

सिरिजमा प्रत्येक टोलीले आपसमा दुई–दुई खेल खेल्नेछन्। जसबाट शीर्ष दुई स्थानमा रहने टोलीबीच उपाधिका लागि प्रतिस्पर्धा हुनेछ।

सिरिज माघ २५ गतेसम्म चल्नेछ । नेपालले अर्को खेल पर्सि १९ गते थाइल्याण्डसँग खेल्ने तालिका छ। यो सिरिज नेपाली महिला क्रिकेटका लागि महत्वपूर्ण हुने क्यानको दाबी छ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP