Trending
flash राधा कोरीको निधनमा एमाले विजयनगरद्वारा शोक तथा श्रद्धाञ्जली flash शिवराज साझेदारी वन उपभोक्ता समूहको आठौँ साधारणसभा  flash बहादुरगञ्जमा भदौ २० गते निःशुल्क आँखा शिविर हुँदै flash बाढी पीडितको उद्धारमा जुट्याे विजयनगर, १० लाख बढी सहयोग गर्ने प्रतिबद्धता flash उपाध्यक्ष चौधरी र वडाध्यक्ष मुसलमानको रास्वपा सदस्यता गोपनीयता भंग भन्दै छानबिन गर्न सभापतिको माग flash विजयनगरका उपाध्यक्ष चौधरी, वडा अध्यक्ष मुसलमानले रोजे रास्वपा flash लागूऔषधसहित कपिलवस्तुमा ६ जना पक्राउ समाज खैरहनीमा बससँग ठोक्किँदा मोटरसाइकलमा सवार दुवै जनाको मृत्यु flash एमालेको जागरण अभियानमा जुटे विजयनगरका कार्यकर्ता flash शान्तिदीप आधारभूत विद्यालयमा व्यवस्थापन समिति गठन, अध्यक्षमा तिरथ काेरी

महिला क्रिकेटमा नेपालको लगातार चौथो हार !

 

काठमाडौँ : नेपाल महिला टी-२० अन्तरराष्ट्रिय त्रिकोणात्मक सिरिजअन्तर्गत थाइल्याण्डसँग ५ रनले पराजित भएको छ।

मंगलवार टस जितेर पहिले ब्याटिङ गरेको थाइल्याण्डले ६ विकेटको क्षतिमा जम्मा १०६ रन बनाएको थियो। नेपालका लागि मनिषा उपाध्यायले ३ विकेट लिइन्। रचना चौधरीले १ विकेट लिँदा पूजा महतोले पनि १ विकेट लिइन्।

१०७ रनको लक्ष्य लिएर मैदानमा उत्रिएको नेपालले ८ विकेट गुमाएर जम्मा १०१ रनमात्र बनाउन सक्यो। महिला टी-२० अन्तरराष्ट्रिय सिरिजमा घरेलु टिम नेपाल लगातार चौथो खेलमा पराजित भएको हो।

नेपाल, नेदरल्यान्ड्स र थाइल्याण्डबीच कीर्तिपुरस्थित त्रिवि मैदानमा जारी सिरिजमा नेपालले लगातार चौथो खेल गुमाएको हो। थाइल्याण्ड भने यसअघि खेलेका तीनवटै खेलमा अपराजित थियो। पहिलो र तेस्रो खेलमा नेदरल्याण्ड्सलाई हराएको थाइल्याण्डले दोस्रो खेलमा नेपाललाई पराजित गरेको थियो।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP