Trending
flash राधा कोरीको निधनमा एमाले विजयनगरद्वारा शोक तथा श्रद्धाञ्जली flash शिवराज साझेदारी वन उपभोक्ता समूहको आठौँ साधारणसभा  flash बहादुरगञ्जमा भदौ २० गते निःशुल्क आँखा शिविर हुँदै flash बाढी पीडितको उद्धारमा जुट्याे विजयनगर, १० लाख बढी सहयोग गर्ने प्रतिबद्धता flash उपाध्यक्ष चौधरी र वडाध्यक्ष मुसलमानको रास्वपा सदस्यता गोपनीयता भंग भन्दै छानबिन गर्न सभापतिको माग flash विजयनगरका उपाध्यक्ष चौधरी, वडा अध्यक्ष मुसलमानले रोजे रास्वपा flash लागूऔषधसहित कपिलवस्तुमा ६ जना पक्राउ समाज खैरहनीमा बससँग ठोक्किँदा मोटरसाइकलमा सवार दुवै जनाको मृत्यु flash एमालेको जागरण अभियानमा जुटे विजयनगरका कार्यकर्ता flash शान्तिदीप आधारभूत विद्यालयमा व्यवस्थापन समिति गठन, अध्यक्षमा तिरथ काेरी

५१ वर्षपछि बोलोग्ना कोपा इटालियाको च्याम्पियन

 

काठमाडौं : एसी मिलानलाई १–० गोल अन्तरले हराउँदै बोलोग्ना कोपा इटालियाको च्याम्पियन बनेको छ।

बोलोग्नाले ५१ वर्षपछि कुनै पनि ठूलो प्रतियोगिताको उपाधि उचालेको हो। टोलीले पछिल्लो पटक सन् १९७४ मा यो उपाधि जितेको थियो।

यो अवधिमा बोलाग्नाले दोस्रो डिभिजनको दुई उपाधिबाहेक अन्य कुनै ठूलो सफलता हासिल गर्न सकेको थिएन।

बुधबार रोमास्थित ओलम्पिको रंगशालामा ड्यान एनडोएले ५३औं मिनेटमा गरेको एकमात्र गोल बोलोग्नालाई उपाधि दिलाउन पर्याप्त बन्यो।

प्रशिक्षक भिन्चेन्जो इटालियानोको लागि पनि यो उपाधि विशेष रह्यो। उनले यसअघि फियोरेन्टिनाको प्रशिक्षण सम्हाल्दा लगातार दुई युरोपा कन्फ्रेन्स लिग र सन् २०२३ को इटालियन कप फाइनल गुमाएका थिए।

इटालियानो बोलोग्ना आएको पहिलो सिजनमै उपाधि जित्न सफल भएका हुन्।  थाहा खबर

 

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP