Trending
flash राधा कोरीको निधनमा एमाले विजयनगरद्वारा शोक तथा श्रद्धाञ्जली flash शिवराज साझेदारी वन उपभोक्ता समूहको आठौँ साधारणसभा  flash बहादुरगञ्जमा भदौ २० गते निःशुल्क आँखा शिविर हुँदै flash बाढी पीडितको उद्धारमा जुट्याे विजयनगर, १० लाख बढी सहयोग गर्ने प्रतिबद्धता flash उपाध्यक्ष चौधरी र वडाध्यक्ष मुसलमानको रास्वपा सदस्यता गोपनीयता भंग भन्दै छानबिन गर्न सभापतिको माग flash विजयनगरका उपाध्यक्ष चौधरी, वडा अध्यक्ष मुसलमानले रोजे रास्वपा flash लागूऔषधसहित कपिलवस्तुमा ६ जना पक्राउ समाज खैरहनीमा बससँग ठोक्किँदा मोटरसाइकलमा सवार दुवै जनाको मृत्यु flash एमालेको जागरण अभियानमा जुटे विजयनगरका कार्यकर्ता flash शान्तिदीप आधारभूत विद्यालयमा व्यवस्थापन समिति गठन, अध्यक्षमा तिरथ काेरी

यामल सन् २०३१ सम्म बार्सामा रहने पक्का

 

काठमाडौं ः यो सिजन उत्कृष्ट प्रदर्शन गरेका लमिन यामलले स्पेनिस क्लब बार्सीलोनासँग ६ वर्षको नयाँ सम्झौता गरेका छन्।

१७ वर्षीय यामल सम्झौता नवीकरण गरेसंँगै अब सन २०३१ सम्म बार्सीलोनामा रहने पक्का भएको हो।

हालको सम्झौता २०२५/२६ सम्मका लागि थियो। यामलले २०२३ मा १५ वर्षको उमेरमा बार्सीलोनाबाट डेब्यू गरेका थिए।

यो सिजन उनले ५५ खेल खेल्दै १८ गोल र २५ एसिस्ट गरेका थिए। यामलको उत्कृष्ट प्रदर्शनको मदतमा बार्सीलोनाले ला लिगा, कोपा डेल रे र स्पेनिस सुपर कप उपाधी जित्यो।

बार्सीलोनाले क्लबका अध्यक्ष योहान लोपोर्टा र निर्देशक डेकोको उपस्थितीमा यामलले सम्झौतामा हस्ताक्षर गरेको जानकारी दिएको हो।

स्थानिय संचारमाध्यमका अनुसार प्रदर्शनसँग जोडिएका केही सिमा पुरा गरे यामल क्लबको सर्वाधिक महंगा खेलाडी बन्न सक्नेछन्।

क्लबका लागि १ सय १५ खेल खेलेका यामलले २५ गोल गरिसकेका छन्। कोपा डेल रे , ला लिगा र स्पेनिस सुपर कपको इतिहासमा गोल गर्ने उनी सबैभन्दा कान्छा खेलाडी हुन्।

आगामी जुलाइमा १८ वर्ष पुग्ने उनी बार्सीलोनाका लागि एक सय खेल पूरा गर्ने पनि सबैभन्दा कम उमेरका खेलाडी हुन्।

यामलले स्पेनका लागि १९ क्याप जितेका छन। सन २०२४ मा इङल्यान्डलाई २–१ गोलले पराजित गर्दै युरोकप जित्दा उनी टिमको महत्वपुर्ण सदस्य थिए। थाहा खबर

 

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP