Trending
flash राधा कोरीको निधनमा एमाले विजयनगरद्वारा शोक तथा श्रद्धाञ्जली flash शिवराज साझेदारी वन उपभोक्ता समूहको आठौँ साधारणसभा  flash बहादुरगञ्जमा भदौ २० गते निःशुल्क आँखा शिविर हुँदै flash बाढी पीडितको उद्धारमा जुट्याे विजयनगर, १० लाख बढी सहयोग गर्ने प्रतिबद्धता flash उपाध्यक्ष चौधरी र वडाध्यक्ष मुसलमानको रास्वपा सदस्यता गोपनीयता भंग भन्दै छानबिन गर्न सभापतिको माग flash विजयनगरका उपाध्यक्ष चौधरी, वडा अध्यक्ष मुसलमानले रोजे रास्वपा flash लागूऔषधसहित कपिलवस्तुमा ६ जना पक्राउ समाज खैरहनीमा बससँग ठोक्किँदा मोटरसाइकलमा सवार दुवै जनाको मृत्यु flash एमालेको जागरण अभियानमा जुटे विजयनगरका कार्यकर्ता flash शान्तिदीप आधारभूत विद्यालयमा व्यवस्थापन समिति गठन, अध्यक्षमा तिरथ काेरी

मनसुन विपद्‌मा ‘पठनपाठन’ सञ्चालन गर्न के गर्दै छ सरकार ?

श्याम राई

काठमाडौँ : यो वर्षको मनसुन नेपालमा भित्रिसकेको छ। १५ जेठबाट नेपालको पूर्वबाट प्रवेश गरेको मनसुन याममा सरदरभन्दा बढी वर्षा हुने जल तथा मौसम विज्ञान विभागले प्रक्षेपण गरेको छ।

विभागले यो वर्षको मनसुन जुन १ (जेठ १८) देखि सेप्टेम्बर ३० (असोज १४) सम्म हुने आँकलन गरेको छ। विभागकी प्रवक्ता वरिष्ठ मौसमविद् विभूति पोखरेलले देशभरका स्थानअनुसार ५५ देखि ६५ प्रतिशत, ४५ देखि ५५ प्रतिशत र ३५ देखि ४५ प्रतिशत वर्षा हुने सम्भावना रहेको जानकारी दिइन्।

उनले भनिन्, ‘सरदरभन्दा बढी वर्षा हुने अनुमान गरिए पनि मनसुनभर नै बढी वर्षा हुने सम्भावना रहेको भन्ने होइन, कुनै महिना धेरै वर्षा हुनसक्छ र कुनै महिना वर्षा तुलनात्मक कम हुने सम्भावना छ।’

उनका अनुसार जुन(जेठ १८–असार १६) मा सरदरभन्दा बढी वर्षा हुने देखिएको छ भने जुलाई (असार १७–साउन १५) र अगष्ट (साउन १६–भदौ १५) महिनामा वर्षा कम हुने सम्भावना छ।

त्यसो त गृह मन्त्रालयको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले यो वर्ष मनसुन अवधिमा देशैभर सरदरभन्दा अधिक वर्षा रहने सम्भावना विगतको तुलनामा अत्यधिक रहेको हुँदा बाढी, पहिरो, डुबान, जमिन कटान, भारी वर्षा तथा आकस्मिक बाढी जस्ता मनसुनजन्य विपद्को जोखिम समेत अत्यधिक हुने सम्भावना रहेको जनाएको छ।

जसकारण यो मनसुनमा विद्यार्थीको पठनपाठनमा समेत असर पुग्ने देखिएको छ। कैयौँ विद्यालय बाढीपहिरो जोखिममा छन्। सरकारले यो वर्षको मनसुनको अवधिमा मनसुनजन्य विपद्‌बाट देशभर करिब चार लाख ५७ हजार १,४५ घरधुरीका १९ लाख ९७ हजार ७,३१ व्यक्ति प्रभावित बन्ने आँकलन पनि गरिसकेको छ।

४१३ सामुदायिक विद्यालयमा बाढीपहिरोबाट क्षति

वर्षेनि मनसुन समयमा विपद्का घटनाबाट ठूलो धनजनको क्षति हुने गरेको छ। विद्यालयमा पनि क्षति पुग्ने गरेको छ। गत वर्षको मनसुनमा बाढीपहिरोबाट चार सयभन्दा बढी सामुदायिक विद्यालयहरूमा क्षति पुग्यो।

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको शिक्षा तथा मानव स्रोत विकास केन्द्रका अनुसार गत वर्षको मनसुनमा हुम्ला, जाजरकोट, सिन्धुली, तेह्रथुम‚ रसुवा, मकवानपुर, मोरङ, ललितपुर लगायत विभिन्न जिल्लाका देशभरका ४१३ सामुदायिक विद्यालयमा बाढीपहिरोबाट क्षति पुगेको थियो।

शिक्षा तथा मानव स्रोत विकास केन्द्रले गत वर्षको वर्षातमा ५२ जिल्लाका २ हजार ७ सय विद्यालयमा बाढीपहिरोबाट क्षति पुग्ने र यसबाट १ लाख ३ हजार विद्यार्थी बालबालिका प्रभावित हुने अनुमान गरेको थियो।

मनसुनमा पठनपाठन सञ्चालन गर्न के गर्दै छ सरकार ?

शिक्षा तथा मानव स्रोत विकास केन्द्रले मनसुन विपद्‌बाट जोगिन र नियमित पठनपाठन सञ्चालनको लागि पूर्व तयारी गरिसकेको जनाएको छ। शिक्षा तथा मानव स्रोत विकास केन्द्रका महानिर्देशक कृष्णप्रसाद काप्रीले यो मनसुनमा पनि पठनपाठन नियमित चल्ने जानकारी दिए।

उनले थाहाखबरसँग भने, ‘विपद् घटना भनेको जानकारी दिएर आउँदैन,जुनसुकै वेला निम्तिन सक्छ तैपनि हामी यो मनसुनमा पठनपाठन नियमित सञ्चालन गर्नका लागि तयारी अवस्थामै छौँ, हामीले सबै सम्बन्धित निकायमा त्यस्तो अवस्थामा पनि के कसरी पठनपाठन थाल्ने, विद्यार्थीहरूलाई सुरक्षित राख्ने लगायत योजनासहित जानकारी गराइसकेका छौँ।’

उनका अनुसार सबै प्रदेशलाई दुई दुई करोडका दरले बजेट पठाइएको छ। प्रदेशले समेत रकम छुट्याएको छ। ‘यो रकमले जहाँ बाढीपहिरोले गर्दा विद्यालय भत्किए, डुबान लगायत क्षति पुग्दा टहरा, टेन्टलगायत अस्थायी संरचना बनाएर भए पनि विद्यार्थीहरूको पठनपाठन नियमित हुन्छ, उक्त रकमले सामान्य क्षति भएमा विद्यालय पनि पुनर्निर्माण गरेर पनि पठनपाठन थाल्नुपर्छ, त्यो हुन्छ,’ उनले भने।

उनले विगतमा भएका विद्यालय क्षतिको अध्ययन र विश्लेषण गरेर पूर्व तयारी गरिएको बताए। ‘हामीले फोकल पर्सन तोकेका छौँ, ती व्यक्तिहरूबाट तुरुन्तै बाढीपहिरोबाट क्षति पुगेको विद्यालयको जानकारी, तथ्यांक दिने छ, त्यहीअनुसार हामी आवश्यक सहयोग, व्यवस्थापन र समन्वय गर्छौ। यसमा नेपाल रेडक्रस साेसाइटी, युनिसेफ जस्ता गैरसरकारी संघसंस्थाहरू आबद्ध हुनुहुने छ,’ उनले भने।

सम्बन्धित निकायबाट अहिले पनि बाढीपहिरो जोखिममा रहेका विद्यालयहरूको अनुगमन भइरहेको उनको भनाइ छ। ‘पाठ्यपुस्तकको सुरक्षा, आवश्यक भएमा उपलब्ध गराउने यी सबै तयारी अवस्थामा राखेका छौँ, उनले भने, ‘विपद्‌बाट सुरक्षित भएर पठनपाठन सञ्चालन गर्न भौतिक उपस्थिति होस्‚ भर्चुअल माध्यमबाट होला छलफल गर्ने, सुझाव लिने र थप आवश्यक योजना बनाउने काम भइरहेको छ।’     

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP