Trending
flash राधा कोरीको निधनमा एमाले विजयनगरद्वारा शोक तथा श्रद्धाञ्जली flash शिवराज साझेदारी वन उपभोक्ता समूहको आठौँ साधारणसभा  flash बहादुरगञ्जमा भदौ २० गते निःशुल्क आँखा शिविर हुँदै flash बाढी पीडितको उद्धारमा जुट्याे विजयनगर, १० लाख बढी सहयोग गर्ने प्रतिबद्धता flash उपाध्यक्ष चौधरी र वडाध्यक्ष मुसलमानको रास्वपा सदस्यता गोपनीयता भंग भन्दै छानबिन गर्न सभापतिको माग flash विजयनगरका उपाध्यक्ष चौधरी, वडा अध्यक्ष मुसलमानले रोजे रास्वपा flash लागूऔषधसहित कपिलवस्तुमा ६ जना पक्राउ समाज खैरहनीमा बससँग ठोक्किँदा मोटरसाइकलमा सवार दुवै जनाको मृत्यु flash एमालेको जागरण अभियानमा जुटे विजयनगरका कार्यकर्ता flash शान्तिदीप आधारभूत विद्यालयमा व्यवस्थापन समिति गठन, अध्यक्षमा तिरथ काेरी

अनलाइन विवाह गरेर आएकी बंगलादेशी युवती रौतहटमा अलपत्र

रौतहट : बंगलादेशको रगपुर जिल्लास्थित मोकिमपुर मिठापुकार गोपालपुरकी २६ वर्षीया लाबोनी बेगम हाल रौतहटमा अलपत्र परेकी छिन्।

सामाजिक सञ्जालमार्फत तीन वर्षसम्म प्रेम सम्बन्धमा रहेकी उनले रौतहटको गौर नगरपालिका-६ सबगढाका शेष महताब आलमसँग अनलाइन विवाह गरेर नेपाल आएकी थिइन्। तर विवाहको दुई सातामै घरबाट निकालिएको उनको आरोप छ।

लाबोनीको भनाइ अनुसार, टिकटक, फेसबुक र ईमोमार्फत आलमसँग चिनजान भएको थियो । करिब तीन वर्षको प्रेम सम्बन्धपछि दुवैले बंगलादेशको गाजीपुर अदालतमा ‘कोर्ट म्यारिज’ गरेका थिए। आलम त्यतिबेला कुवेतमा रोजगारीमा थिए।

लाबोनी जेठ २८ गते नेपाल आएकी थिइन्। आलम जेठ २४ गते मात्र कुवेतबाट फर्किएका थिए। विवाहपछि श्रीमानको घरमा बसेकी लाबोनीलाई असार १६ गते, अर्थात् दुई सातामै, घरबाट निकालिएको लाबोनीको भनाइ छ।

निकालिएपछि लाबोनी बंगलादेश फर्किइन्। तर साउन १५ गते श्रीमानकै बोलावटमा पुनः नेपाल आइन्। यो पटक पनि आलमको परिवारले उनलाई घरमा बस्न नदिएको उनको गुनासो गरेकी छिन्। अहिले उनी छिमेकी नजरा खातुनको घरमा आश्रय लिएर बसिरहेकी बताइन्। लाबोनीका अनुसार, साउन १५ गतेदेखि आलमको घरमा ताला लगाइएको छ र परिवारका सदस्य तथा श्रीमान् दुवै सम्पर्कविहीन छन्।

लाबोनीले जिल्ला प्रहरी कार्यालय रौतहटसहित निकायमा न्यायका लागि गुहार मागेकी छिन्। तर, जिल्ला प्रहरी कार्यालयका डीएसपी दीपक रायका अनुसार उनी स्वेच्छाले नेपाल आएकी भएकाले कानूनीरूपमा अन्याय भएको मानिँदैन।

गौर नगरपालिका-६ का वडाध्यक्ष अवध बिहारीप्रसादले भने, ‘जुन देशकी महिला भए पनि कानूनी रूपमा विवाह गरेर घर आएकी छिन् भने उनलाई वैवाहिक अधिकार दिनुपर्छ।’

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP