Trending
flash कृष्णनगरमा छठकाे अवसरमा मंगलबार सुर्याेदयसँगै विशेष प्रसाद वितरण कार्यक्रम हुने अन्तर्राष्ट्रिय आक्रमणमा समूहका मुख्य नेतासहित ठूलो सङ्ख्यामा आतङ्ककारी मारिए स्वास्थ्य खोप शाखाले उपलब्ध गराएको विवरणअनुसार हैजा रोगविरुद्धको खोप राजनीति दुस्मनलाई साथी ठानियो भने क्रान्ति असफल समाज पहिलाको जस्तो टोपीको व्यापार यस वर्ष नभएको न्युरोडका व्यापारी समाज भुरुङ–तातोपानी कुण्डे ‘रिफ्रेस सेन्टर’को रूपमा विकास राजनीति सरकार र राजनीतिक दलहरूलाई खबरदारी गरिदिन आग्रह राजनीति क्षेत्रमा लगानी विस्तार गरी कोषलाई प्रभावकारी रूपमा अगाडि बढाउन आवश्यक flash हर्क साम्पाङ नेतृत्वको श्रम संस्कृति पार्टीले रुपन्देहीमा संगठन विस्तार समाज तलबवृद्धिको माग गर्दै मणिपाल शिक्षण अस्पतालका नर्स असोज २४ गतेदेखि आन्दोलन

दाङमा मोटरसाइकल एकआपसमा ठोक्किँदा एकजनाको मृत्यु, दुईजना घाइते

दाङ, २५ साउन।

दाङमा दुई मोटरसाइकल आपसमा ठोक्किँदा एक जनाको ज्यान गएको छ भने दुई जना घाइते भएका छन्।

शनिबार साँझ साढे ७ बजे तुलसीपुरबाट घोराहीतर्फ जाँदै गरेको लु प्र ०२–००१ प ११२१ नम्बरको मोटरसाइकल र विपरीत दिशाबाट आउँदै गरेको लु ३४ प ५४०६ नम्बरको मोटरसाइकल तुलसीपुर उपमहानगरपालिका–१८, दूधारास नजिकै ठोक्किँदा दुर्घटना भएको हो।

 

दुर्घटनामा लु ३४ प ५४०६ नम्बरको मोटरसाइकल चालक राप्ती गाउँपालिका–५, लठ्ठहवाका ४६ वर्षीय देवराज चौधरीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ। चौधरीको दाहिने खुट्टा भाँचिएको र टाउकोमा गहिरो चोट लागेको थियो। उपचारका लागि राप्ती प्रादेशिक अस्पताल तुलसीपुर लगिएकोमा राति साढे ९ बजे उनको मृत्यु भएको हो।

त्यस्तै, लु प्र ०२–००१ प ११२१ नम्बरको मोटरसाइकल चालक तुलसीपुर–५ निवासी २७ वर्षीय नवराज पौडेल घाइते भएका छन्। उनको दुबै हात, खुट्टा, टाउको तथा छातीमा चोट लागेको छ भने अवस्था मध्यम रहेको प्रहरीले जनाएको छ।

सोही मोटरसाइकलमा सवार १८ वर्षीय रोशन पण्डित पनि घाइते भएका छन्। बारा, विश्रामपुर गाउँपालिका–२ घर भई हाल तुलसीपुर–५ मा बसोबास गर्दै आएका पण्डितको दुबै हातखुट्टा, टाउको र मुखमा चोट लागेको छ।

घाइते पौडेल र पण्डितको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा उपचार भइरहेको छ। दुवै सवारीसाधन अस्थायी प्रहरी चौकी बेलझुण्डीको नियन्त्रणमा रहेका छन् भने घटनासम्बन्धी थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ।

 

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP